अर्थ, वाणिज्य

५ सहरमा पेट्रोलियम सवारी हटाइने

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने जनाए । सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न… पुरा पढौ

वर्षौदेखि निरन्तर नयाँबजारको मेलामा

पोखराकै महिला सीप विकास केन्द्रले नयाँबजारमा आयोजना हुने व्यापार मेलामा स्टल राख्न थालेको वर्षौँ भयो । केन्द्र मात्र हैन,कञ्चनपुरको भद्र मेरिट काष्ठ उद्योगका मनिराज भट्ट पनि २०६१ सालदेखि पोखराको नयाँबजारको मेलामा सहभागिता जनाउँदै आएका छन् । ‘म २०६१ सालदेखि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा आएको छु’,भट्टले भन्नुभयो,‘ मेरो सहभागिता मेलाजस्तै निरन्तर रहेको छ ।’ भट्ट भाग्य अज्माउन विदेश पनि जानुभयो । तर, स्वदेशमै केही गरौँ भन्ने ठानेर उहाँले… पुरा पढौ

गरिमा–जनरल बैंकान्स्युरेन्स

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । मंगलबार आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे । अब गरिमाका ग्राहकले सबै शाखाबाट जनरल इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्ने छन् । पुरा पढौ

इक्यान शैक्षिक मेलाका सबै स्टल बुक

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले मंसिर २६ देखि २८ गतेसम्म आयोजना गर्ने इक्यान शैक्षिक मेलाका सबै स्टल बुकिङ भएका छन् । इक्यानले मंगलबार स्टल बुकिङ खुलाएको थियो । मेलामा राखिने ७० स्टल केही समयमा नै बुकिङ सकिएको इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘स्टल निकै सस्तो मूल्यमा उपलब्ध गराइएको छ,’ उनले भने । पेभेलियनमासहित मेलामा ७० वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए ।… पुरा पढौ

सफल एक्सपोमा अटो तथा पुष्पको आकर्षण

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा’ पृुरानो राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप भएको आयोजकहरुले दोहो¥याएका छन् । ‘हामीले नै नेपालमा पहिलो पटक मेला र महोत्सव आयोजनाको सुरुवात गरेका हौँ’, संघका अध्यक्ष दामु अधिकारीले भने, ‘अहिलेको मेला पनि त्यसैको निरन्तरता हो ।’ यता, एक्स्पोमा रहेको अटो प्रदर्शनीबाट केही मोटरसाइकल तथा स्कुटरहरु बिक्री भएका छन् । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार एक्सपोमा राखिएको भेस्वा ब्राण्डका… पुरा पढौ

पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला 

आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । युनाइटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको क्लवका कोषाध्यक्ष तथा नवौ पोखरा महोत्सवका स्टल तथा अर्थ ब्यवस्थापन उपसमितीका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको वताउदै तिमिल्सिनाले नवौ संस्करणको महोत्सवमा २ सय ५५ वटा स्टल रहने वताए ।… पुरा पढौ

मौजा होम स्टे सञ्चालन समितीमा उत्तम

नेपाल सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तब्य स्थान मध्येको पोखरा महानगरपालिका वडा नम्बर २० मा सञ्चालन हुन लागेको मौजा होम स्टे रोटरियन भिलेज सञ्चालनका लागी समिती गठन गरिएको छ । साबिक मौजा गाविसको आटिघर, मोहोरिया, मौजा र लामडांडामा होम स्टे सञ्चालनका लागी उत्तम गुरुङको अध्यक्षतामा ७ सदस्यीय मौजा होम स्टे रोटरियन भिलेज सञ्चालन समिती गठन गरिएको छ । वडा नम्बर २० का अध्यक्ष सीम गुरुङको अध्यक्षतामा मौजा गाउलाई होम… पुरा पढौ

भन्सारमा प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टर

   नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो । भन्सार विभागका महानिर्देशक श्रीतोयम रायाले जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरी प्रभु बैंकको एक्स्टेनसन काउण्टरको उद्घाटन गरेका हुन् । छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन… पुरा पढौ

आइएमई डिजिटल-सिभिल बैक सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक बीच ‘ आइएमई पे’ बीच मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ । नयाँ मुल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ । समायोजन भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं