गरिमा–जनरल बैंकान्स्युरेन्स

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अब गरिमाका ग्राहकले सबै शाखाबाट जनरल इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्ने छन् ।