गरिमा विकास बैंक लिमिटेडले झापाको दमकमा शाखा खोलेर मंगलबारबाट कारोबार थालेको छ । दमक नगरपालिकाका मेयर रामनाथ ओलीले उक्त शाखा उद्घाटन गरे ।
बैंकका सिइओ गोविन्द ढकालले प्रदेश नम्बर १ मा गरिमाका ९ शाखा पुगेको बताए । स्याङ्जाको वालिङबाट सुरु भएको गरिमाको केन्द्रीय कार्यालय पोखरा हुँदै हाल काठमाडौंमा छ । काठमाडौंमा ८ शाखासहित देशभर ६६ शाखा र १५ एटिएम सञ्चालनमा रहेको ढकालले जानकारी दिए ।
गरिमाले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मीलनचोक, दाङको तुलसीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेमजा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा शाखा कार्यालय खोल्दै छ ।