शारदानगरमा शाखा विस्तार

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर १९ शारदानगरमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गरेको हो ।

शाखा संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा उद्घाटन गरे । उक्त शारदानगर शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सिआस्वा लगायतका सेवा दिनेछ ।

आव २०७४/७५ को वार्षिक साधारणसभाबाट पारित भएको नगद तथा बोनस सेयरसमेत गरी १३.६ प्रतिशत नाफा वितरण गरिएको कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।