साना किसान सहकारीमा नयाँ समिति

साना किसान कृषि सहकारी पोखरा ३१ को १९ औं साधरणसभा तथा आठौं अधिवेशनले सोमलाल तिवारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

तिवारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान अध्यक्षमा भोलानाथ तिवारी र उपाध्यक्षमा पुष्पकमल ढुंगाना चयन भए ।

सदस्यमा तीर्थराज अधिकारी, गंगाराम सुवेदी, भरतप्रसाद तिवारी, कृष्णप्रसाद ढुंगाना, सुवास तिवारी, बालकुमारी गुरुङ, विन्दु परियार, बिना सार्की, टीकाप्रसाद खनाल छन् । समितिमा हरिदेवी अधिकारीलाई सदस्य मनोनीत गरिएको छ ।अधिवेशनबाट रवीन्द्र अधिकारीको संयोजकत्वमा मोहनप्रसाद तिवारी र मनहर्क अधिकारी सदस्य रहेको समितिले निर्वाचन गराएको हो ।