पोखरामा एउटै रेस्टुरेन्टमा बसेर थाइल्यान्ड र चाइनाको खानाको स्वाद लिन पाइने भएको छ ।
पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र राजु भट्टराईले ३ करोड लागतमा लेकसाइडको बाराही चोकमा जस्मिन थाइ चाइ रेस्टुरेन्ट सुुरु गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय पर्यटकीय सहर बन्दै गएकालेयहाँ आउने पर्यटकलाई फरक स्वाद पस्किन रेस्टुरेन्ट सुरु गरिएको सञ्चालक गणेशबहादुरले बताए ।थाइल्यान्ड र चाइनाको खाना एकै ठाउँमा पाइने भएकाले पनि पोखरामा यो रेस्टुरेन्ट नौलो हुने उनको भनाइ छ । युरोपियनले पनि यी स्वाद रुचाउने उनले बताए। पछिल्लो समय नेपालीले पनि यि स्वादका खानाखोजिरहेको बताइन्छ ।
रेस्टुरेन्टमा थाइल्याण्ड र चाइनाको समिश्रण फरक फरक तरिकाले प्रस्तुत गरिएको छ । रेस्टुरेन्ट छिर्ने ग्राकहलाई आफू थाइल्यान्ड वा चाइनातिरै पुगेको झल्को दिन त्यहाँका नक्सा तथा पर्यटकीय क्षेत्र झल्कने गरी विभिन्न तस्विर सजाइएको छ ।