मेगा सहकारीमा नयाँ कार्यसमिति

- धु्रवराज चालिसेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति

पोखरा न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले धु्रवराज चालिसेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।

७ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा, सचिव केशव काफ्ले, कोषाध्यक्ष सबी श्रेष्ठ, सदस्यमा रामेश्वर अधिकारी, दिलीपकुमार श्रेष्ठ र विजय बजगाईं छन् ।

लेखा समिति संयोजकमा नेत्रनारायण पौडेल, सदस्यद्धयमा सुजन प्रधान र तारानाथ पहारीलाई चयन गरेको छ ।

कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

कार्यक्रममा युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष प्रकाशदेव पालिखे, संस्थापक अध्यक्ष टंकप्रसाद अधिकारी,सल्लाहकार काशीनाथ काफलेलेसंस्थाको प्रगति र उन्नतिमा सबै सदस्यहरूले चिन्तन गर्नुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष धु्रवराज चालिसेले मेगाको समग्र स्तरोन्तिका लागि आगामी दिनमा देखिने खालको सकारात्मक परिवर्तन गर्ने उल्लेख गरे । उनले संस्थाले किनेको जमिनमा आफ्नै बहुउद्देश्यीय भवन बनाएर आगामी दिनमा कारोबार गरिने जानकारी दिए ।

कार्यक्रम सञ्चालन सञ्चारकर्मी सुरेश रानाभाटले गरेका थिए ।