मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनीमा गण्डकी बिकास बैकको शाखा बिस्तार भएको छ ।यसअधि फेवा फाईनान्सले परिचित बैक १५ महिना अघि विश्व बिकास बैंक र गण्डकी बिकास बैक संग संयूक्त मर्च भएपछि कागबेनीमा पहिलो शाखा बिस्तार गरिएको हो ।फेवा फाईनान्सले ९ वर्षअघि जोमसोममा शाखा बिस्तार गरेको थियो ।
बिहिबार बैंकको कागबेनी शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका कार्यकारणी निर्दैशक भुवन कडेलले नेपाल राष्ट्र बैकले शहरमुखी भन्दा गाउँमुखी सेवालाई मान्यता दिएको बताए ।उनले जति धेरै दुरदराजका स्थानमा बिक्तिय सेवा संञ्चालन हुन्छन् ,त्यो नै राष्ट्र बैकको सफलता भएको उल्लेख गरे । बिक्तिय साक्षरता र बिक्तिय पहुँच दुर्गम स्थानमा पू¥याउन आवश्यकता भएको भन्दै कार्यकारणी निर्दैशक कडेलले यस्ता कुनाकन्दरामा बिक्तिय संस्थाको पहुँच पुग्दा राष्ट्र बैकलेनै सफलता प्राप्त गरेका दावी गरे ।बिकास बैकहरुले स्थानीयतहको आर्थिक कारोबार गर्न पाउने वा नपाउने बिषयमा लबिङ र छलफलमा भईरहेको उनको भनाई थियो ।
कार्यकारणी निर्देशक कडेलले राष्ट्र बैकले २८ वटा बाणिज्य बैक र ३३ वटा बिकास बैंकलाई आर्थिक कारोबार गर्न ईजाजत प्रदान गरेको खुलाए ।‘राष्ट्र बैंकबाट ईजाजत प्राप्त संस्थाको नियमित अनलाईन तथ्याङ्क संङ्कलन हुन्छ,राष्ट्र बैकको सर्वेक्षणमा बित्तिय संस्थाहरुको वरियता निर्धारण हुन्छ,’निर्देशक कडेलले भने,‘गण्डकी बिकास बैक राष्ट्र बैकको सर्वेक्षणमा स्तरिय बिकास बैंक हो,निर्धक्क भएर आर्थिक कारोबार गर्नुहोस् ।’उनले भने । बैकमा पुगेर कर्जा बचत राख्ने र ऋण लिने तथा आवश्यकता पर्दा बिभिन्न प्रकारका सेवासुविधा लिन बिक्तिय संस्थाहरुमा सहजै सकिने उल्लेख गर्दै कार्यकारणी अधिकृत कडेलले कुनैक्षेत्रमा संस्था स्थान्तरण हुदा बहुआयमिक प्रभाव पार्ने बताए ।
गण्डकी बिकास बैंकका प्रमुख कार्यकारणी अधिकृत रेशमबहादुर थापाले गण्डकी बिकास बैंक राष्ट्रिय स्तरको बैंक भएको दावी गरे ।उनका अनुसार गण्डकी बिकास बैङ्कको चुक्ता पुँजी २ अर्ब ७५ करोड,कुल निक्षेप २४ अर्ब ५० करोड र कर्जा लगानी २१ अर्ब ६१ करोड रहेको छ ।उनले कृषि,यातायात,पर्यटन,शिक्षा,स्वास्थ्य र हाईड्रो आदीमा ५० हजार देखि १ अर्ब सम्मको कर्जा ऋण उपलब्ध गराउदै आएको बताए ।बैंकको साढे २ लाख सेवाग्राही रहेको उल्लेख गर्दे बैंकका प्रमुख कार्यकारणी अधिकृत थापाले बैंकले देशभर १ हजार जनालाई प्रत्यक्ष रोजगार दिएको जानकारी दिए ।‘गण्डकीको मुलुकभर ७७ वटा शाखा छ।काठमान्डौमा ८ वटा शाखा छन्,’उनले भने,‘पूर्व मेची देखि पश्चिम महाकाली सम्म शाखा बिस्तार भएको छ।शाखाको पहुँच नपुगेका स्थानमा पनि शाखा बिस्तार गर्दैछौं ।’उनले भने ।
गण्डकी बिकास बैंकका अध्यक्ष सुशिल गौचनले पर्यटकीय तथा धार्मिक जिल्लाको रुपमा परिचित मुस्ताङको कागबेनीमा शाखा बिस्तार गर्न पाउदा गौरान्गित भएको बताए ।उनले फेवा फाईनान्सको रुपमा ९ वर्ष अघि देखि जोमसोममा शाखा बिस्तार गरेको अनुभव सुनाउदै उनले सेवाग्राहीहरुकै माया र हौसलाले दोश्रो शाखा बिस्तार भएको जनाए ।उनले राष्ट्र बैंकको निती र प्रावधान अनुसार केही महिनाअघि ३ वटा बिकास बैंक आपसमा मर्ज गरी गण्डकी बिकास बैंकका नामले कार्यसम्पादन हुदै आएको जानकारी दिए । उनले ३ वटा बिकास बैक मर्ज गर्दा गण्डकी बिकास बैक दरिलो र आत्मबिश्वासका साथ अघि बढेको उल्लेख गरे ।‘बिकास बैकमा हामी अग्रणी स्थानमा छौ,२०१७ मा उत्कृष्ट डेभलमेन्ट बैंक पुरस्कार जित्यौ,चालु वर्ष पनि दोश्रो भयौ ।’उनले भने ।ग्रामिण क्षेत्रहरुमा बैकिङ पहुँच नपुगे सम्म बैकिङ साक्षरता प्राप्त हुन नसक्ने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पर्यटकीय जिल्ला मुस्ताङ र यहाँ आउने पर्यटकलाई मध्यजनर गरेर शाखा बिस्तार भएको अनुमान गरे ।उनले शाखा बिस्तारले स्थानीयवासी आर्थिक बचत गर्ने बानीको बिकास हुने बताए ।उनले बैङले स्थानीयतहले गर्ने आर्थिक कारोबारका गतिबिधि संञ्चालन गर्न सके प्रभावकारी हुने जनाए ।गाउपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले घरदैलामै बैकिङ सेवा प्राप्त हुनु अवसरको कुरा भएको बताए ।सिहदरबारको अधिकार गाउमा भन्ने सरकारको लक्षलाई यसले केहीहद सम्म टेवा पू¥याउने जनाए ।कार्यक्रममा बैकका सहायक कार्यकारणी अधिकृत तारानाथ लम्साल र जनशान्ति माविका प्रअ प्रेम गौतम र मिलन यूवाक्लवका अध्यक्ष ध्याचो गुरुङले बैक जनआकाक्षा अनुसार चल्नु पर्ने सुझाए ।
यसअघि बैकको शाखा उद्घाटनका अवसरमा जनशान्ति मावि कागबेनीलाई बैंकले खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेको थियो ।यस्तै बैकले नेपाल राष्ट्र बैकका कार्यकारणी निर्देशक भुवन कडेललाई मायाको चिनो प्रदान ग¥यो ।गण्डकी बिकास बैकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन बैकका सहायक कार्यकारणी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।