कास्कीकोट बचत तथा ऋण सहकारीको सातौं साधारणसभा शनिबार भएको छ ।
सभामा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।
पोखरा २४ का वडा सदस्य सोमनाथ भट्टराईले सहकारी वडावासीलाई सहयोगी भएको बताए । अर्का वडा सदस्य मिना नेपालीले सामाजिक कार्यमा समेत सहाकारीले चासो दिएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार टेकप्रसाद अधिकारी र धनमाया सुवेदी, दिलमाया अधिकारी, सचिव सन्तु सुवेदी र अध्यक्ष जमुना सुवेदीले बोलेका थिए ।