मुस्ताङका उत्कृष्ट ५ उद्यमीलाई सम्मान गरिने

घरेलु तथा साना उद्योग बिकास समिति मुस्ताङले जिल्लाका उत्कृष्ट ५ उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने भएको छ ।उद्योग दिवस २०७५ को अवसरमा आउदो १५ गते शनिवार थासाङको लेतेमा हुने बृहत घुम्ती शिविरमा उद्यमीलाई सम्मान गरिने जनाईएको छ । जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको बसेको बैठकले उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले उत्कृष्ट ५ उद्यमी छनौटका लागि समिति गठन गरेको छ ।

समितिमा जिल्ला समन्वय समिति,उद्योग बाणिज्य संघ,नेपाल घरेलु तथा उद्योग महासंघ,घरेलु तथा साना उद्योग बिकास समिति र नागरिक समाजका प्रतिनिधि रहने कार्यालयले जनाएको छ ।यस्तै घरेलु तथा साना उद्योग बिकास समितिले व्यवसाय नविकरण आदीको सेवा प्रवाह गर्ने जनाएको छ ।कार्यक्रम स्थानीयतहले उठाउने करका बिषयमा समेत छलफल भएको थियो ।