पोखरा वडा नं. ११ काहुँमा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । मंसिर २८ देखि पुस ८ गतेसम्म धरहरा परिसरमा महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा जनकल्याण युवा क्लब मुख्य आयोजक र फूलबारी क्लब सहआयोजक छन् । महोत्सवका लागि जनकल्याण क्लबका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
पर्यटन र विकास प्रवद्र्र्धनका लागि हुन लागेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता, पर्वतीय दौड लगायत विभिन्न विधाका कार्यक्रमहरु समावेश हुने प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए ।
कात्तिक २१ गते बसेको आम भेलाबाट महोत्सवलाई सफल पार्नका लागि दीपकप्रकाश आचार्य संयोजक र कुमार क्षत्री सहसंयोजक रहेको ३३ सदस्यीय महोत्सव मूल व्यवस्थापन समिति बनेको छ । यस्तै उपसमितिमा अर्थ व्यवस्थापन संयोजक लोकबहादुर गुरुङ, प्रचारप्रसार संयोजक दामोदर आचार्य, विज्ञापन तथा प्रायोजन संयोजक हरिश्चन्द्र बास्तोला, यातायात व्यवस्थापन संयोजक इन्द्रबहादुर गुरुङ, पार्किङ व्यवस्थापन संयोजक टेकबहादुर खत्री, अतिथि सत्कार संयोजक ईश्वरीप्रसाद आचार्य, खेलकुदमा वसन्तराज कोइराला संयोजक छन् ।
मञ्च, स्टल र विद्युतमा दशरथ आचार्य, सुरक्षा तथा स्वयंसेवक परिचालनमा शिवबहादुर केसी, खानेपानीमा बद्रीनाथ घिमिरे, सास्कृतिक कार्यक्रममा रामकृष्ण बास्तोला गोर्खाली, शिक्षा तथा स्वास्थ्थमा गुरुप्रसाद आचार्य र महिला परिचालनमा गंगा आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।