सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष निर्वाचित भएकी छन् ।
अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा प्रमिला बराल, सहसचिवमा तारा ढकाल, कोषाध्यक्षमा अञ्जु पण्डित, सदस्यमा तारा अधिकारी, लक्ष्मी बराल, विन्देश्वरी बराल, दुर्गा बास्तोला र शोभा देवकोटा छन् ।
ऋण समिति संयोजकमा महाकाली बराल, सदस्यमा कमला बराल घिमिरे र वर्षा लामिछाने र लेखा समिति संयोजकमा सृजना बराल, सदस्यमा सीता बराल र संगीता बराल छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यले आफ्नै संस्थामा बचत गर्नुपर्नेमा जोड दिए । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले स्थानीय सरकार र नगरपालिकाले कृषि क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा विश्व हिन्दू महासंघ कास्की उपाध्यक्ष पार्वता पौडेल, समाजसेवी महाकाली बराल, महिला विकासका लागि आमा समूहका अध्यक्ष मनमाया बराल, परिवर्तन समाज नेपालका अध्यक्ष विन्देश्वरी बराल, सचिव प्रमिला बराल र उपाध्यक्ष लक्ष्मी अधिकारीले मन्तव्य राखेका थिए ।