लेखनाथको भण्डारढिकमा शुक्रबारबाट प्रथम आदर्श महोत्सवको सुरु भएको छ । महोत्सवमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले युवा नै देश विकासका मुख्य धरोहर भएको भन्दै उद्यमशील र कर्मठ बन्न आग्रह गरे।
उनले देश समृद्धिको बाटोतर्फ अघि बढिरहेकाले हिम्मतका साथ अघि बढ्ने युवालाई सरकारले बलबुताले सहयोग गर्ने बताए । देशलाई धनी बनाउन यहाँका जमीनसहित युवाको सीप क्षमता र दक्षताको भरपुर उपयोग हुनुपर्ने आवश्यकता औंल्याए ।
पुस ९ गतेसम्म भण्डारढिक खेल मैदानमा सञ्चालन हुने महोत्सवले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै निर्माणाधीन रंगशालाको संरक्षण तथा स्तरोन्नति गर्ने र सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ ।
२ सय ६८ स्टल रहेको मेला करिब १ लाख दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार हुने अनुमान छ ।