दृष्टिकोण

दासता स्वीकार्ने कसैलाई पनि जनताले माफी दिने छैनन्

१. यो परियोजना धेरै पहिलेदेखि नेपालमा प्रवेश गराइएको रहेछ । यसो गर्नमा वामपन्थी, लोकतन्त्रवादी सबै खालका सरकारको संलग्नता देखिन्छ । आज यति धेरै चासो र सार्वभौमिकतासँग जोडिएको सवालमा कुनै दल वा सरकारले यसलाई किन देशमा ल्याउन खोजिएको हो ? यसबारे अमेरिकासँग भएको छलफलमा विषयवस्तु कसरी अघि बढी रहेछन् भन्ने कुरा जनतालाई त के आफ्ना पार्टी कार्यकर्तालाई समेत सूसूचित गरेनन् । परियोजना ल्याउनुभन्दा पहिले त्यसबारे गहीरो अध्ययन अनुसन्धान भएको पनि देखिन्न… पुरा पढौ

चुहिने टपरी टाल्ने कि फाल्ने?

 म प्राथमिक बिद्यालयमा पढदै गर्दा नेपालमा पञ्चायति ब्यबस्था किशोर उमेरको थियो। मेरो बाल मस्तिषमा पञ्चायति ब्यबस्था भनेको कुनै फलफुल वा अन्नको जात होला जस्तो लाग्दथ्यो। किनभने पञ्चयती ब्यबस्था नेपालको हावा-पानी र माटो सुहाउदो ब्यबस्था हो भनिथ्यो। किसानहरुको कुराकानी सुन्दा  हावा-पानी र माटोको कुरा कुनै अन्न वा बिरुवा सँग सम्वन्धित हुन्थ्यो। "वर्ग समन्वय"को धरातलमा "हुकुम"बाट सन्चालित त्यो ब्यबस्था बयस्क उमेरमै अवसान भयो। ब्यबस्थाको त अवसान भयो तर पनि हावा, पानी र… पुरा पढौ

लीलबहादुर: शिवस्तुतिदेखि पद्मश्रीसम्म

नेपाली आख्यान साहित्यमा एक दर्बिलो स्थान ओगट्न सफल भएका, आजको मितिमा सबैभन्दा धेरै चर्चामा आएका असमका लीलबहादुर क्षत्री बहुमुखी प्रतिभाका धनी हुन्। मुख्यत: आख्यानकारका रूपमा परिचित, चर्चित र समादृत भए तापनि क्षत्रीको साहित्य यात्राको थालनी भने कविता विधाबाट भएको हो। सन् १९४९ मा १६ वर्षको उमेरमा उनको पहिलो काव्यकृति 'शिव स्तुति' सिलाङबाट प्रकाशित हुन्छ। पछि सन् २००१ मा हाम्रोध्वनिको कविता विशेषाङ्कमा उनका कविताहरू प्रकाशित भए। जीवनका विभिन्न समयमा लेखेर छरपस्ट… पुरा पढौ

कसरी रोकिन्छ प्रतिभा पलायन ?

नागरिकका अपेक्षााप्रति राज्यको उदासिनताका कारण आम नागरिकमा छाउने नैराश्य, बाध्यता, विवशता, राज्यप्रतिको वितृष्णाको उपज हो प्रतिभा पलायन । एउटा नवयुवाले आफ्नो सुन्दर भविष्यको परिकल्पना आफ्नै देशमा किन गर्न सकिरहेको छैन ? यो मुलुकको समृद्धिमाथिको यक्ष प्रश्न हो । विश्वव्यापीकरण, इन्टरनेट कनेक्टिभिटी, ग्लोबल भिलेजको अवधारणा जस्ता विकासका आयामले समग्र विश्वलाई एकाकार गरिरहेको परिवेशमा उच्च गुणस्तरको शिक्षाको भोक, आफ्नो ज्ञान, सीप र क्षमता अनुरुपको रोजगारीको खोजी, अवसरको खोजी, आधुनिकता प्रतिको आकर्षणले उच्च… पुरा पढौ

क्रान्तिनायक गोञ्जालो र पेरूका शिक्षाहरू

विश्वप्रसिद्ध प्रगतिवादी साहित्यकार लुसुन भन्थे, ‘‘मरेकाहरूबाट बाँचेकाहरूले नसिके बाँचेकाहरू पनि मरेसरह हुन्छन्।’’ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले परम चेतनाको अस्तित्व स्वीकार गर्दैन, यस अर्थमा मानिसको भौतिक शरीरको समाप्तिसँगै उसको देह र आत्मा दुवै रहँदैन। तर, जनता र राष्ट्रका निम्ति योगदान गर्ने मान्छेहरूको प्रेरणा र कीर्ति दुनियाँमा कालजयी रहन्छ। लुसुन मरेकाहरूको प्रेरणालाई जीवितहरूले आत्मसाथ गर्नुपर्ने अर्थमा उक्त दृष्टान्त प्रस्तुत गर्दछन्। शनिबार साँझ विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूले एउटा अप्रिय र कारूणिक खबर सुन्नुपर्‍यो।… पुरा पढौ

पिर्के लोकतन्त्र र सार्वभौम जनता

चुनावको सन्दर्भमा एउटा भनाई छ "चुनाव अगाडि उमेद्द्वार मतदाताको चरणमा र चुनाव पछी मतदाता चुनाव बिजेताको चरणमा”। नेपालको केही औलामा गन्न सकिने नेताहरु बाहेक स्थानिय खुद्रे पिर्के नेता देखि आफुलाई आठारौ सताप्दीको बादशाहको कोटिमा राख्ने नेताहरुको व्यबहारिक हालत यस्तै छ। अनेक जालसाझी गरेर एकपट्क कुनै पद हात पर्‍यो भने पाच बर्ष सम्म आफुले अंसमा पाएको पुर्ख्यौली सम्पत्ति, दाईजो बकसमा पाएको उपहार वा लुटको लागि पाएको लाईसेन्स ठान्ने प्रबृती ह्वात्तै बढेको… पुरा पढौ

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो "हनि ट्रयापिङ" । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव… पुरा पढौ

आयुर्वेद क्षेत्रका ‘पाँडेहरु’ कै कारण बदनाम आयुर्वेद

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा छुट्टाछुट्टै बट्टामा हालेर ३२ वटा जडिबुटी मिसिएको आयुर्वेदिक औषधि भनेर विरामीलाई बेचिन्छ । त्यसको मूल्य तोकिएको हुन्छ… पुरा पढौ

पुरेतका गाई र बुर्जुवा कम्युनिष्ट

यात्रुहरुले बस कोचम -कोच थियो। चोक पार गरेपछी बसले घ्याच्च ब्रेक लाग्यो। लामो प्रतिक्षा पछी बस आएको हुँदा यात्रुहरु ठेलम-ठेल गरेर बस भित्र चडे। बसले बिस्तारै आफ्नो गती लियो। यतिकैमा भर्खरै बस भित्र चडेका एक जना यात्रुको मोबाईलको घन्टी बज्यो। आक्रोशित र हतार जस्ता देखिने ति यात्रुले फोन उठाए र भने - म अहिले बस भित्र मान्छेहरुको भिड्मा छु। धेरै कुरा गर्न मिल्दैन। भन के भयो? फोन गर्ने मानिसले के… पुरा पढौ

एमसीसी पास गर्नुपर्छ (अन्तर्वार्ता)

जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन्।जनचोर्माबाट राजनितीक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँशक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर राजनिती गरिरहेका छन् ।कुनै समय थियो, उनलाई नेपाली राजनितीका दुरदर्शी, पढेका, बुझेकानेता मान्नेहरुको जमात बाक्लै थियो । तर, पछिल्लो समय माओवादीबाट छुट्टीएरछोटो समयमा नै दलवदल गरिरहेपछिधेरैले लख काट्छन्, —‘भट्टराईको राजनीतिक भविष्य संकटमा र्पयो। उनले अस्थिर राजनिती गरे ।’ तर, भट्टराई भनेआम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं