दृष्टिकोण

सहिद पुत्री अनिता बाकै पार्टीबाट बागी

अनिता भुर्तेल सहिद दम्पती राजबिक्रम भुर्तेल इन्द्रजित र सीता भुर्तेलकी जेठी छोरी हुन् । हाल उनी बाकै पाटी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी छन् । तत्कालीन नेकपा माओवादीका कास्कीका पुराना नेता इन्द्रजित पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलनमा होमिएर लामो समय जेलमा पनि परेका थिए । स्पष्ट र खरो स्वभावका भुर्तेललाई काका भनेर सम्बोधन गर्ने थुप्रै चेलाहरु हाल वामपन्थी आन्दोलनमा सकृय छन् । २०६१ सालमा कास्की माओवादीले ठूलो क्षती बेहोर्न पर्यो ।… पुरा पढौ

मेरो सम्झनामा दशैं:- कमल प्रसाद न्यौपाने

   नाग पञ्चमी देखि चाडहरू सुरु हुन्थे र हुन्छन् । तिजलाई बिदा गरे पछि एक किसिमको  नरमाइलो  अनुभूति हुन्थ्यो । किनकि  अब फेरि यसलाई भेट्न   सिङ्गो  १ वर्ष कुर्नु पर्दथ्यो।   यसको बाबजुद ॠषिपञ्चमिले  फेरि  तिजको थोरै अनुभूति दिलाउँदै यसको मैझारो  भो भन्न करै लाग्दथ्यो। भोलिपल्ट देखि  दिन-गन्ती सुरु हुन्थ्यो दसैँको ।येनकेन पट्यार लाग्दा दिनहरू बित्दै जान्थे अनि औँसी आएपछि  दशैं आए जस्तै फेरि मनमा उमङ्गको प्रारम्भ हुन्थ्यो  ।  मतलब भोलिपल्ट… पुरा पढौ

सपनाले भरिएको बिदेश सङै बिद्यार्थीको कथा अनि ब्यथा!

हजार माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ भने झै, आफ्नो बाल्यकाल बिताएको जन्मभुमि नेपाल देखि परदेशसम्मको यो यात्रालाई पनि एक पाईला सम्झीएको छु। समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको केहि अर्थ छैन भन्ने बुझ्दै गरेका म जस्तो हजारौं बिद्यार्थीहरु आफ्ना हरेक पाईलाको महत्त्व खोज्दै हातमा पासपोर्ट अनि शैक्षिक सर्टिफिकेट भरिएको झोला काधमा बोकेर दिनहुँजसो २५०० युवाहरू वैदेशिएका छन।  देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन… पुरा पढौ

प्राण खोज्दै संविधान

मलाई सुन्दर रुपमा निर्माण गर्न धेरै मानिसहरु लागे । यसको लागि तिनीहरूले जुनसुकै मुल्य चुकाउन बाँकी राखेनन् । मेरो दिमागमा एउटा कुरा सधै आउने गर्दछ - राणा कालमा सिंह दरवार बनाउदा सिमेण्टको ठाँउमा मासको पिठो प्रयोग गरिएको थियो । त्यसको लागि तीन वर्ष सम्म सबै किसानहरुले मास उब्जनी गर्नै पर्ने तर खान नपाउने गरिएको थियो । सबै सरकारलाई बुझाउनु पर्दथ्यो । एकजना किसानले लुकाएर एक मुठी मास राखि फुरौला पकाएछन्… पुरा पढौ

‘अनुहारभित्रको अनुहार’को सौन्दर्य

आमुख :अहिलेको समयमा असमेली नेपाली साहित्य जगतमा आफ्नो पहिलो काव्यकृति 'अनुहारभित्रको अनुहार' लिएर देखापरेकी छन् जामुगुडी कुसुमतोला निवासी युवा कवि पूजा आचार्य। प्रखर मानवतावादी स्वर, नारीसमस्याप्रति गम्भीर चिन्तन, नारीमुक्तिको तीब्र चाहना तथा समाज परिवर्तनको कामना लछ्याप्रै पाइने 'अनुहारभित्रको अनुहार' सङ्कलका कविताहरू पढेर मेरा मनमा उब्जिएका प्रतिक्रियाहरू सार्वजनिक गर्न चाहन्छु । उनका कविताहरूमद्धे मुख्यरूपमा नारीसमस्याकेन्द्रीत र केही मानवतावादी कविताभित्र नै मेरो चर्चा केन्द्रीत रहने छ। पूजाका कविताका विशेषता :पूजाको यस कृतिका… पुरा पढौ

आदिमूल काव्योत्सव र यसको सौन्दर्य

नेपालका अधिकांश भूभागहरु प्राकृतिक सौन्दर्यका दृष्टिले उत्तिकै मनोहर र रमणीय लाग्दछन् भने कतिपय ठाउँहरु त अझ विशेष लाग्दछन् । सदरमुकाम, मुख्य बजार र बाटोको छेउछाउका रमणीय स्थलहरुमा धेरैको दृष्टि पुग्ने गरे पनि त्यस बाहेकका अन्य ठाउँहरुमा भने कमैको दृष्टि पुग्ने हुँदा चर्चामा आउन सकेका हुँदैनन् । हुन त सौन्दर्य भन्ने कुरा सधैं सापेक्ष नै हुने गर्छ । कुनै भोक, रोग वा मानसिक पीडाले ग्रस्त व्यक्तिका लागि प्राकृतिक सौन्दर्यले कुनै आकर्षण… पुरा पढौ

जन्मदिनको शुभकामना: औचित्यका केही सवाल

‘‘के हुन्छ बाँची लाखन बर्षपारी अँध्यारो बाहिर भित्र ?बरु बाँच युवक दुई घडी मात्रचम्की उज्यालो पारी समस्त’’ —सिद्धिचरण श्रेष्ठ ‘‘हामी बाँच्नुभन्दा पनि जीवन चाहन्छौं, हाम्रो आयु चारै दिनको होस् तर जीवनमय होस्’’—हृदयचन्दसिंह प्रधान ‘‘हामी बाच्ने प्रयास त गरिरहन्छौं तर बाँच्न सकिरहेका हुँदैनौ’’—इमर्सन ‘‘यदि जीवनमा गन्न योग्य काम गरेका छैनौ भने आफ्नो उमेरलाई पनि नगन’’—…….? १) यस पृथ्वीमा मानव आविर्भाव र विकासलाई अत्यन्त दुर्लभ मानिन्छ । त्यसो त यो सिङ्गो ब्रह्माण्ड,… पुरा पढौ

लम्फु, लफङ्गा र चुनावी लफडा

देश फेरी चुनावको मालोह उन्मुख भएको छ। संधिय र प्रदेश सभाको चुनावले पार्टिका मठाधिसहरु र  मठाधिसहरुका भित्रियाहरु, ढोके, बैठके, हुक्केहरु को कहाँ बाट चुनावमा उठ्ने? कस्को टेकोमा उठ्ने? को-कस्को आशिर्वाद लिने? कहाका जनता बढी लम्फु र विबेकहिन छन जस्ता हिसाव्-किताव सुरु भएको छ। खास गरेर मुखियाहरु र तिनका खास भित्रियाहरुलाई निर्वाचन क्षेत्र छनौट निकै चुनौतिपूर्ण देखिन्छ। त्यो पिरलो खर्चिलो र भड्किलो चुनावको भन्दा पनि मतदाताहरु सँगको सम्वन्ध र चेतनाको स्तरले… पुरा पढौ

स्याङ्जा फेदीखोलामा घनश्याम सुवेदी 

राज्य पुनर्संरचना हुँदै थियो ।विभिन्न खाकाहरु तयार हुँदै थिए ।पालिकामा फेदीखोलाको नाम हटेर आधीखोला सँग जोडिएर आयो ।स्याङ्जा फेदीखोलाका जनताहरु निराश भए ।जनताहरुलाई लाग्यो हरेक पालिकाका काम गर्न आधीखोला जानू पर्ने भयो । निराशाका काला बादलहरु मडारिदै थिए । फेदी खोलेहरु हतास मनस्थितिमा थिए ।आधीखोला नै ठिक भनेर धमीलो पानीमा माछा मार्न खोज्नेहरु पनि थिए । जनतामा छाएको निराशाको कालो बादल देखेर घनश्याम सुबेदीको मनमा विद्रोहको ज्वाला निस्कियो । फेदीखोला… पुरा पढौ

लेनिन जयन्ती: उनका सिद्धान्त लागू गर्ने प्रण गरौं

सन् १९१७ मा भएको रुसी क्रान्ति अधिकांशलाई थाहै छ । त्यही क्रान्तिको नेतृत्व कर्ता हुन् ‘भ्लादिमिर इल्यिच उल्यानोभ’ अर्थात् लेनिन । भ्लादिमिर इल्यिच उल्यानोभ उनको बाल्यकालको नाम हो । लेलिनपछि राखिएको  नाम हो । १९१७ मा सम्पन्न भएको रुसी आन्दोलन मार्क्सवादमा आधारित भई गरिएको थियो । त्यही क्रान्ति नै अहिले चलेको विश्वभरको मार्क्सवादी आन्दोलनको प्रेरक घटना र पथप्रदर्शक बनेको छ। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिबसको रुपमा आजको दिनलाई महत्त्वपूर्ण रूपमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं