लेनिन जयन्ती: उनका सिद्धान्त लागू गर्ने प्रण गरौं

सन् १९१७ मा भएको रुसी क्रान्ति अधिकांशलाई थाहै छ । त्यही क्रान्तिको नेतृत्व कर्ता हुन् ‘भ्लादिमिर इल्यिच उल्यानोभ’ अर्थात् लेनिन । भ्लादिमिर इल्यिच उल्यानोभ उनको बाल्यकालको नाम हो । लेलिनपछि राखिएको  नाम हो । १९१७ मा सम्पन्न भएको रुसी आन्दोलन मार्क्सवादमा आधारित भई गरिएको थियो ।

त्यही क्रान्ति नै अहिले चलेको विश्वभरको मार्क्सवादी आन्दोलनको प्रेरक घटना र पथप्रदर्शक बनेको छ। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिबसको रुपमा आजको दिनलाई महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । बिशेश गरी कम्युनिस्ट पार्टीको लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरुको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई फलामे अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ । के थियो त लेनिनवादी सिद्धान्त का महत्त्वपूर्ण कसि र आजको दिनसम्म कम्युनिस्टहरुले आफ्नो मुल सिद्धान्तको रुपमा लिईरहेका छन् ।

          व्यक्ति संगठनको अधिनस्थ हुन्छ ,अल्पमत बहुमतको अधिनस्थ हुन्छ ,तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ,पार्टीका सम्पूण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ,केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ,महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ । लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कडा तथा फलामे अनुशासनमा रहने भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो । कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरु यस्ता रहेका छन् ।

२ पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने ।

३ पार्टीलाई नियमित लेबि तिर्ने ।

लेनिनले प्रतिपादन गरेका संगठनात्मक सिद्धान्तका तीन आधारहरु

जनवादी केन्द्रीयताः यो लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो सर्त हो । यसमा मुख्य दुई वटा कुराहरु रहेका छन्, जनवाद र केन्द्रीयता । यस सिद्धान्तले जनवादविना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा जाने विषयमा जोड दिन्छ । यसरी कम्युनिष्ट पार्टीको संगठनमा यि दुबै सिद्धान्तको समान महत्व हुन्छ भन्नेमा यस सिद्धान्तले व्याख्या गर्दछ ।केन्द्रीयताबिना पार्टी संगठनहरु ठिक रुपमा परिचालित हुँदैनन्, किनकी केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासन पनि हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ, भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग जरुरी हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त अल्पमत भएपनि लागु गरिन्छ ।

      आत्मालोचना र आलोचनाको सिद्धान्तः कम्युनिष्ट पार्टीमा पार्टी सदस्यहरुले आफ्ना कमजोरी र समस्याहरुको आफैले समिक्षा गरेर बैठकमा बताउँने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । आफ्ना कमजोरीहरु बताएपछि फेरी त्यस्तो कमजोरी नदोहोर्याउने र असल कम्युनिष्ट सदस्यको रुपमा अघि बढ्ने प्रतिवद्धता गर्नु यो मान्यताले जोड दिन्छ । त्यसेगरी पार्टी संगठन र नेता, कार्यकर्ताहरुको कमजोरी आलोचनाको विधिबाट सुधार्न सकिन्छ भन्ने मान्नेतामा यसले जोड दिन्छ । आलोचना गर्दा डाहा र प्रतिशोधपूर्ण रुपमा होईन कमजोरी सुधार्नका लागि उत्प्रेरणा बढाउनमा ध्यान दिनुपर्छ ।

       असल नेता चुन्ने विधिः हरेक कम्युनिष्ट पार्टीका सदस्यहरुले संगठनत्मक सिद्धान्तको पालना गर्नुपर्छ । त्यसमा असल नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादीत र सभ्य समाज निर्माण गर्नका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरु चयन हुनुपर्छ भन्ने यस सिद्धान्तको मूख्य जोड हो । पार्टी संगठनमा नेतृत्व चयन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

१ इमान्दारीता

२ सक्रियता वा निरन्तरता

३ समर्पित भावना

४ रचनात्मक क्षमता वा कार्य दक्षता

तसर्थ लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहन्छ भन्ने कुरा बुझ्नु पर्दछ । लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनैपनि कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रीक र अनुशासित बनाउन सक्दैन भन्नेमा यसले जोड दिन्छ। उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रान्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए । रुसका बहुसंख्यक पार्टी समितिहरुले बोल्सेभिकहरुलाई साथ दिए । बहुसंख्यक पेशागत क्रान्तिकारीहरु र पार्टीका मजदुर सदस्यहरुले लेनिनको विचारलाई समर्थन गरे ।

बिश्वमा आजको दिनसम्म आउँदा कम्युनिस्ट पार्टीमा देखिएको बिचलनमा प्रमुख कारण लेनिनले प्रतिपादन गरेका संगठनात्मक सिद्धान्तका तीन आधारहरु कार्यन्ययनमा लैजान नसक्नु र कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् गरिएका  शर्तहरु कडाईका साथ पालना गर्नु नलगाउनु, नेतृत्व चरम अबसरवादमा फस्नु प्रमुख कारणको रुपमा लिन सकिन्छ ।  यि बुदा हरुलाई ब्यबहारिक रुपमा लिने पार्टी नै वास्तवमा कम्युनिस्ट पार्टी हुन् ।

धिकारी माओवादी केन्द्र पोखरा महानगर कमिटी उपाध्यक्ष हुन्