स्याङ्जा फेदीखोलामा घनश्याम सुवेदी 

राज्य पुनर्संरचना हुँदै थियो ।विभिन्न खाकाहरु तयार हुँदै थिए ।पालिकामा फेदीखोलाको नाम हटेर आधीखोला सँग जोडिएर आयो ।स्याङ्जा फेदीखोलाका जनताहरु निराश भए ।जनताहरुलाई लाग्यो हरेक पालिकाका काम गर्न आधीखोला जानू पर्ने भयो । निराशाका काला बादलहरु मडारिदै थिए । फेदी खोलेहरु हतास मनस्थितिमा थिए ।आधीखोला नै ठिक भनेर धमीलो पानीमा माछा मार्न खोज्नेहरु पनि थिए । जनतामा छाएको निराशाको कालो बादल देखेर घनश्याम सुबेदीको मनमा विद्रोहको ज्वाला निस्कियो । फेदीखोला गाउँपालिका ल्याइ छोड्छु भनेर अठोट लिए आन्दोलनमा उत्रिए ।फेदीखोले जनताहरुको न्यानो साथ पाए । निरन्तर खवरदारी र आन्दोलन चल्यो ।त्यही आन्दोलनले फेदीखोला गाउँपालिका जन्मायो । त्यही आन्दोलनको प्रभाव नेकपा एमालेमा पर्यो ।एमालेले घनश्याम सुवेदीलाई गाउँपालिका प्रमुखमा उठायो । अगिल्लो चुनावमा जुनसुकै बिचार राख्ने ब्यक्तिहरुले पनि मेरो एक भोट घनश्याम सुवेदीलाई भन्दै हिडे ।अत्याधिक मत पाएर उनी बिजयी भए ।सर्वाधिक लोकप्रिय पनि भए ।

राजनीतिलाई बुझ्ने क्रममा उमेरमा अखिल क्रान्तिकारीमा आवद्ध भए । कैलालीको यौटा स्कुलको इकाई कमिटी अध्यक्ष भएर काम गरे ।उनका बाबा नारायण सुवेदी गृष्म तत्कालीन माओवादी जनयुद्धमा कैलालीबाट भुमिगत थिए ।शुरुबाटै जनयुद्ध लागेका बाबा कमरेड गृष्मको गहिरो प्रभाव घनश्याममा थियो । जनयुद्धका कहालीलाग्दा दिनहरुमा बाबा आमा सँग बस्न सुरक्षा चुनौती थपियो ।एस एल सी दिए पछि उनी आफ्नो घर फेदीखोला आए ।फेदीखोलामा हजुरबुबा , हजुरआमा सँग बसे । फेदीखोलाको सिद्दार्थ माविमा कक्षा एघारमा भर्ना भए । त्यहाँ उनको भेट सुर्यप्रसाद उपाध्याय( सुरज उपाध्याय )सँग भयो। सानै देखि अनेरास्ववियुमा आवद्ध भएर इलाका कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटीका सदस्य भइसकेका उपाध्याय र घनश्याम सुवेदीको दोस्ती जम्यो ।सुखदुखका साथी भए । यी दुइको प्रेम देखेर धेरै जना दंग समेत पर्थे ।दुबै जना विद्रोही स्वभावका थिए ।घण्टै कुराकानी गर्थे । सुरजको नेतृत्वमा फेदीखोलाबाट प्रकाशित वेदना साहित्यिकपत्रीकामा वैचारिक सम्पादकीय लेख्दा एकआपस लामो छलफल गर्थे ।

२०५९ साल तिर आश्विन महिनाको कुनै दिन थियोे ।दुबै जना दाजुभाइ गफ गरेर बसिरहेका थिए । यौटा मोटरसाइकल आएर फेदीखोला पुलनजिक रोकियो ।मोटरसाइकलमा सुवेदीका मामा आउनुभएको थियो ।मामाले घनश्यामलाई बोलाउनु भयो । थुप्रै समय मामा भान्जाका कुराकानी भए ।मामा भेटेर फर्किदा घनश्याम निराश थिए ।दुई साथी केही बोल्न सकेनन् । मुख अध्यारो लाएर गहभरी आँसु पार्दै सुवेदी चौकीको बाटो हुँदै घर गए । साथीको आँखामा आँसु देखेर सुरजको मनमा चिसो पस्यो ।मनमा अनेक शंका उपशंकाले ठाउँ पायो ।साथीको मायाले तत्प आँसु झर्यो ।आँखाको आँसु पुछ्दै सुरज पनि आफ्नो घरमा आए ।
भोलिपल्ट हावाको वेग सँगै हल्ला फैलिएको थियो ।कैलालीको यौटा ठाउँमा निशस्त्र अवस्थामा पाटीको काम गर्दै गर्दा प्रहरीले निर्मम तरिकाले उनको बाबालाई हत्या गरेको कुरा । उनको बाबा जनयुद्धका सहिद हुनुभयो। हाम्रो क्षेत्रको प्रगतिशील , सचेत र वर्गसंघर्षको लामो लडाइँमा होमिएका क्रान्तिकारी लालयोद्धा कमरेड गृष्मको सहादतले फेदीखोलामा एक तरंग ल्यायो। समाज रहेको जातीय विभेद हटाउन होस् वा जनजीविकाको सबालमा होस हरेकका अगाडि स्पष्ट वक्ताको रूपमा उभिएर जो कोहिलाई पनि हायलकायल पार्ने कमरेड गृष्मको स्वभाव देखेर जुनसुकै बिचारधाराको ब्यक्ति पनि नतमस्तक हुन्थ्यो ।

एक दिन घनश्यामलाई सुरजले अनेरास्ववियुको उच्च मावी प्रारम्भिक कमिटी अध्यक्ष हुनको लागी आग्रह गरे । उनको आग्रहलाई घनश्यामले स्विकारे ।फेदीखोलाबाट पनि अखिलको विद्यार्थी आन्दोलनमा होमिए । स्याङ्जा जिल्ला कमीट सचीव हुँदै अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य समेत भए।साथीहरू माझ छिट्टै स्थापित हुने उनको स्वभावका कारण छिट्टै परिचीत हुन पुगे । यता साथीलाई अखिलमा ल्याए पनि लुकिलुकी स्याङ्जाको नौडाडाबाट जनादेश साप्ताहिक ल्याएर पढ्ने सुरज भने प्रगतिशील साहित्यकार कृषि सेन इच्छुकका रचनाबाट प्रभावित भए । यी दुई साथीहरु एक आपसमा जति नै मिले पनि सुरज इच्छुक रचनाका कारण माओवादी तर्फ नजिक भए । झट्ट हेर्दा जाने ठाउँ यौटै भए पनि बाटो फरक जस्तो देखियो । सुरज माओवादीका जनवर्गीय संगठनमा लागे। घनश्याम अनेरास्ववियु मार्फत आफ्नो उदेश्य प्राप्तिको लागि वर्गसंघर्षको लामो लडाइँमा होमिए । अखिलमा आफ्नो राम्रो वर्चस्व जमाए । नेबिसङले मात्रै जित्ने स्याङ्जाको त्रिभुवन आदर्श क्याम्पसमा भर्ना भएर अनेरास्ववियुलाई स्ववियुको नेतृत्वमा पुराउन सफल भए । स्ववियु सभापति भए।हात मुख जोर्न शिक्षण पेशा पनि गरे ।
फेदीखोला गाउँपालिकामा विजयी भए पछि उनले बिकास निर्माणका थुप्रै काम गरे ।फेदीखोलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तरकारी खेती , कागती खेती , फेदीखोलाको पहिचान बचाइराख्न र फेदीखोलालाइ चिनाउन स्थानीय पाठ्यक्रम कार्यक्रम , मजदुर सन्चित कोष , सामुहिक ब्यबसाय जस्ता थुप्रै सफल कार्यक्रम ल्याएँ ।सफल पनि भए ।

बांगोटिङ्गो हिडेको नेपाली वामपन्थी आन्दोलनमा निकै उतारचढाव आए ।वामपन्थीहरु कहिल्यै एक भएनन् ।नेपालको वामपन्थी आन्दोलन संधै उतारचढावमा अगि बढ्दै गयो ।जनयुद्धबाट राजनीतिमा होमिएका घनश्याम नेकपा एमालेको लाइनमा आएर स्थापित भएर अगि बढे । सानै उमेरमा पालिका प्रमुख हुनु। हेर्दा आफ्नो देखिने तर भित्र असहयोग गर्ने आफ्नो बिरानो सँग काम गर्दाका थुप्रै अनुभवहरु भोगे । केहि गर्छु भन्दा खुट्टा तान्नेहरु पनि भेटिएँ ।भेटिए रिस र डाहा गर्नेहरु । उनी विचलित भएनन् ।हिडीरहे बिकास निर्माणको यात्रामा जनताको सुखदुखको साथी बनेर ।अहिले पनि एमालेकै तर्फबाट सामाजिक , साँस्कृतिक परिवर्तनको लागि हिडेका छन्। उनी भन्छन् “सबै पाटीमा राम्रा नराम्रा दुबै थरी मान्छे छन् ।म एमालेमा भएर राजनीति गरे पनि सहिद बाबाको सपनालाई बिर्सिएको छैन । बाबाको सपना पूरा गर्न वर्गसंघर्ष लामो युद्धमा होमिएको छु ।बितेका वर्ष पनि फेदीखोले जनता सपना साकार पार्न अहोरात्र खटिएँ मलाई आशा छ मेरो योगदानको राम्रो मुल्यांकन गरि फेरि एक पटक फेदीखोलाको मुहार फेर्ने जिम्मा मलाई दिनु हुने छ “।