युक्रेन, जेलेन्स्की र एमसिसी

जारकालीन समयमा यूक्रेन रुसी साम्राज्यअन्तर्गत थियो । जब लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् अक्टोवर समाजवादी क्रान्ति भयो कम्युनिष्ट सरकारले ‘आत्म निणर्यको अधिकार’ प्रदान गर्‍यो । जारले उपनिवेश बनाएका राष्ट्रहरुलाई उनीहरु एउटा ठूलो राष्ट्र सोभियत सङ्घमै बस्ने कि अलग राष्ट्रका रुपमा रहने रु भनी रोज्न दियो । त्यतिखेर पोल्याण्ड, चेकोस्लाभाकिया जस्ता देशहरु स्वतन्त्र रुपमा रहन चाहे र तिनीहरुलाई स्वतन्त्रता प्रदान गरियो । तर यूक्रेनी जनमत सोभियत सङ्ममै विशाल राष्ट्रका रुपमा रहन चाहेकाले यो सोभियत सङघको एक सङ्घीय राज्यका रुपमा रह्यो । तर जब सन् १९९१ मा सोभियत सङ्घमा कम्युनिष्ट सत्ताको बिघटन भयो, तब यूक्रेन स्वतन्त्र राष्ट्र बन्यो ।

त्यसपछि अमेरिकी साम्राज्यवादले रुसको प्रभावमा रहेका स्वतन्त्र राष्ट्रमा गतिविधि बढाउन थाल्यो । यूक्रेनको सवालमा त्यहाँ सत्ता पलट गर्न लगाएर रुसी प्रभावमा रहेका राष्ट्रपतिलाई कूद्वारा हटाउन लगायो र आफ्ना कठपुतली शासकहरुलाई सत्तामा ल्याई रुसको विरोधमा उचाल्न थाल्यो । त्यही अमेरिकी नीतिअनुसार अ‍ेि वर्तमान राष्ट्रपति जेलेन्स्की धेरै अघि बढेका छन् र अमेरिकी हातहतियार सङ्कलन गर्ने र पश्चिमा पुँजीवादी राष्ट्रहरुको रुसबिरोधी सैन्य गठबन्धन नाटोको सदस्यता ग्रहण गर्ने दिशामा लागेका छन् । यो कुरा रुसको निम्ति सह्य कुने कुरा भएन र अहिलेको सैन्य आक्रमण त्यसको परिणाम हो ।

हुन त एउटा सार्वभौम मुलुकमा गरिने हस्तक्षेपलाई राम्रो मानिन्न । तर यो रुसको बाध्यात्मक कदम हो । आफ्नो छिमेकी देशलाई उचालेर आफ्नो विरुद्ध गतिविधि गरेको कुनै पनि शक्ति राष्ट्रले टूलुटूलू हेरेर बस्ने भन्ने हुँदैन ।

अमेरिकी साम्राज्यवाद विश्वभर यस्तै समस्या सृजना गरी आफ्ना हातहतियारको व्यापार गरी विश्भर युद्ध मच्चाइरहेछ । नेपालमा पनि एमसिसिको माध्यमबाट चीनलाई घेरा हाली अमेरिका यूक्रेनको अवस्थामा पुर्‍याउन खोजिरहेछ । यो सवाल नेपालका जेलेन्स्कीहरुले बुभ्न जरुरी छ ।

कतै नेपाली जनता युद्धको भुमरीमा पर्ने र नेपाली जेलन्स्कीहरुले साम्राज्यवादले हामीलाई फसाएर भाग्यो भनी चेत्न नपरोस् । नेपाली जलेन्स्कीहरुको र अमेरिकाको यो करतूत बेलैमा बुझेर नेपाली जनताहरु पनि बेलैमा एमसिसिविरुद्धको सङ्घर्षमा उत्रिनु आवश्यक छ ।