वैशाख २५ गते २०७७

ताजा समाचार

दृष्टिकोण

नेकपा विवादको जड : कमरेड केपीपछि दोस्रो को हुने ?

हामीले संसदीय शासन व्यवस्थालाई आत्मसात गरेका छौं । आबधिक निर्वाचन मार्फत जनताले स्वीकार गर्दा सरकार र अनुमोदित नगर्दा विपक्षमा रहने प्रणाली लोकतान्त्रिक मुलुकहरूमा छ नै। हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदमा करीब दुई तिहाई बहुमतको आडमा छ । हामी सत्तासीन पार्टीका निकै ठूलो सङ्ख्याको कार्यकर्ता पंक्तिले पन्चायती शासन ब्यवस्थादेखि नेपाली काङ्ग्रेसको कुशासन र सर्वसत्तावादी रबैयाका कारण पाएको हण्डर,गोता,अपमान ,पीडा,छुत (अछुत जस्तै निषेधको बाक्लै शृङ्खला सम्झिदा ठूलो पहाडबाट खसे जस्तै… पुरा पढौ

कुनै उपाय नभए राहत, सक्ने बनौं आत्मनिर्भर

चीनको बुहानबाट विश्वमा सुरु भएको कोरोना (कोबिड(१९) भाइरसले अहिले विश्व त्रसित छ । विश्वका सबैजसो देशमा यसले असर गरेको र त्रास मच्याइरहेको छ । प्रविधि र शक्ति सम्पन्न देशहरुले पनि यसको महामारीलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ, मृत्यु हुनेको ग्राफसमेत उकालिँदै छ । अहिले विश्वभरकै मानिस लकडाउनमा छन् । सबै राष्ट्रले जनतालाई अहिले जहाँ छौ, त्यही सुरक्षित भएर बस्न बारम्बार आग्रह गरेको गरिरहेका छन् ।… पुरा पढौ

बुद्धको पुकार–स्वामी अरुणको अभियान

हामी २५६४ औं बुद्ध जयन्ती मनाउने तरखरमा छौं । अहिले कोरोना भाइरसको डरले लकडाउन चलेको छ । यो अवस्था नभएको भए बुद्ध पूर्णीमामा सरकारी बिदा हुन्थ्यो । साँझ बिहान मेहनत गरेर छाक टार्नुपर्ने अधिकांश नेपालीले त यसबारेमा खासै मतलव गर्न भ्याउदैनन् होला । तर अलिअलि सजिलोसँग छाक टार्नसक्ने र एकाबिहानै उठेपछि फेसबुक र ट्विटर नखोली नहुने हामी नेपालीले सामाजिक सञ्जालमा “ह्याप्पी बुद्ध पूर्णीमा”, # बुद्ध वाज बर्न इन नेपाल” आदि… पुरा पढौ

क्षमा तथागत !!

नमन तथागत ... हामीलाइ सानै देखी बुद्ध दयावान हुनुहुन्थ्यो , प्राणिमात्रलाइ दया गर भन्नु हुन्थ्यो भनेर सिकाइन्थ्यो ।हाम्रा पाठ्यपुस्तक पनि त्यही भन्थे । जिबनको उत्तारार्धमा आए पनि थाह भयो गलत सिकाइएको रहेछ ।वहां प्राणि भनेको जगत र जगतको आधारलाइ भन्नु हुंदो रहेछ , मानिस पसु चराचुरुंगी किरा फट्यांग्रामात्र होइन । अर्को वहां दया होइन करुणा भन्नु हुंदो रहेछ । दया र करुणामामा त्यतिनै फरक रहेछ जति रात र दिन ,उज्यालो… पुरा पढौ

कोरोना महामारी र नेपाल

सिंगो मानव सभ्यता नै लोप हुने गरि संसार नै कोरोना (COVID -19) को महामारीले आक्रान्त छ l बिस्व जगतका सामाजिक, आर्टिक र भौतिक रुपमा सम्पन्न मुलुकहरुको अबस्था झन् भन्दा झन् बिकराल छ । माया, मोह, धन, सम्पत्ति, पद, प्रतिष्ठा क्षणीक हो भन्ने कुरा एकपटक फेरी प्रमाणित भएको छ । यो भाईरसको महामारीले न त भौगोलिकता भनेको छ, न त बर्ग, लिङ्ग र वर्ण नै भनेको छ । शक्ति सम्पन्न मुलुकका… पुरा पढौ

महानायक ओलीलाई घेराबन्दी गरे दुर्घटना

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष कमरेड केपी शर्मा ओली नेपाली राजनीतिका महानायक हुनुहुन्छ । उहाँलाई एक व्यक्ति एक पद भन्नेहरुले पार्टीका सबै कमिटीह तदर्थ वा सङ्गठन कमिटीहरु हुन् भन्ने नबुझ्नु निदाएको भान पार्नु हो । निदाएकाहरुलाई पो उठाउन सजिलो हुन्छ, भान पारेकाहरुलाई खुल्ला झ्यालबाट लामो निङ्गालाले कोपे नि वा खाट नै बाहिर वातावरणमा लगेर राखिदिएता पनि उठाउन सकिन्न। यस कारण हाम्रो पार्टीका दुबै अध्यक्षहरु तत तत पार्टीबाट महाधिवेशनका प्रतिनिधिहरुमार्फत प्रत्यक्ष निर्वाचित… पुरा पढौ

कोरोनापछिको निर्माण

हामो जस्तो गरिब मूलुक समाजवादी विचार र  सिद्धान्त बोकेको पार्टीको हातमा गएको लगभग तीन वर्ष मात्र टेक्न लागेकोे थियो । कोरोनाले विश्व आक्रान्त बनाईदियो । यो सबैलाई थाहा छ, त्यसैले यस बारेमा टिप्पणी गरेर म समय खेरा फाल्न चाहान्न । भरखरै भौतिक निर्माणले मुना हालेको अवस्थामा आजसम्म पुग्दा बन्दाबन्दीले के कती असर ग¥यो ? त्यसको क्षतीपूर्तीका लागि अब अरु कती समय खर्च गर्नु पर्ने हो भन्ने कुराको अनुमानलगाई रहँदा गण्डकी… पुरा पढौ

अवसरवाद : एक निच प्रवृत्ति

श्रीमद्भागवत् पुराणमा एक प्रशङ्ग छ सत्यवादी भनिएका राजा हरिश्चन्द्र र अहींसावादी एक बाहुनको । सत्यवादी भनीयका राजा कसरी सब भन्दा अवसरवादी भए र अहींसावादी बाहुन कसरी सब भन्दा हींसावादी भए। राजा हराश्चन्द्र झुट नबोल्ने छम छाम छक्का पञ्जा नगर्ने एक सत्यवादी राजा थिए । उनको कृति सत्यवादी भनि जगतमा फैलिएको थियो । बाहुन स्वभावैले साकाहारी थिए । उनी हींसात्मक हुने कुरै भएन । राजा हरिश्चन्द्रका सन्तान थिएनन् । सन्तान प्राप्तिका… पुरा पढौ

कार्ल मार्क्स : सधै बलिरहने संघर्षको चिराग

आजभन्दा २ सय २ वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन्, कार्ल मार्क्स । राईन प्रान्त ट्रीरत्रियेर नगरका वकिल हर्शल माक्र्सका छोरातर्फ जेठा सन्तानको रूपमा उनको जन्म भएको थियो। उनको परिबार यहूदी थियोे । कार्लका हजुरबुबा र पुषाजु यहूदी पण्डित थिए। यद्यपि माक्र्सको परिबारमा धार्मिक कट्टरता कत्ति पनि थिएन। तर,पनि कार्लकी आमा हल्याण्डको प्रेसवर्ग परिबारकी थिइन्, जहाँ यहूदीहरुको पूरोहित्याईको मात्र काम हुन्थ्यो… पुरा पढौ

केपी ओलीको विकल्प केपी ओली नै हुन्

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै कमिटीहरु तदर्थ वा सङ्गठन कमिटीहरु हुन् । आफूहरूले स्वैच्छिक निर्णय गर्नेबाहेक अध्यक्षात्मक प्रणाली र महाधिवेशनले प्रत्यक्ष निर्वाचित गरेका अध्यक्षका बारेमा महाधिवेशनबाहेक अरु कुनै पनि निकायले फैसला गर्न सक्दैन । दुईटै अध्यक्षले सङ्गसङ्गै हस्ताक्षर गरेकाबाहेक अरु कुरा आधिकारिक हुन सक्दैन । पार्टीको अन्तरिम बिधानमा यही कुरा उल्लेख छ। जुङ्घाको लडाइँको निम्ति आफ्ना निहित स्वार्थ पूर्ति गर्न देशीविदेशी प्रतिक्रियावादीको ईशारामा मुलुकलाई अस्थिरताको आहालमा पार्न… पुरा पढौ