दृष्टिकोण

शिक्षा क्षेत्रमा नाम मात्रको प्रभाव

नेपालमा शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले विभिन्न संघसंस्था दर्ता भएका छन्। तर यी संस्था मध्ये कतिपयले आफ्नो मूल उद्देश्य पूरा नगरी, केवल औपचारिकता र आर्थिक असुलीमा सीमित रहनु चिन्ताजनक विषय बनेको छ। यस्ता संस्था मध्येको एक हो मण्टेश्वरी एसोसिएशन। विद्यालय–अभिभावक विवादमा मौनअध्ययन र अनुसन्धानले देखाएको छ कि मण्टेश्वरी एसोसिएशन जस्ता संघसंस्था सामान्यतया विद्यालयबीच हुने विवाद समाधान, विद्यार्थी सार्ने प्रक्रिया, वा अभिभावकका समस्या समाधानमा सक्रिय हुँदैनन्। उदाहरणका लागि, विद्यालयले… पुरा पढौ

अनुभूतिः स्वास्थ्य लाभको कामना

‘ठूली माई सिकिस्त बिरामी छन्, आमालाई बोलाइदिने भनेकी छन्,’ आश्रमका एक विद्यार्थीले भने । त्यति भन्ने बित्तिकै ‘यत्ति खबर भन्न आएको हुँ म जान्छु है’ भनेर उनी पोखरातिर लागे । करिब ९२ वर्षकी हुनुभयो उहाँ । हरिहर सन्यास आश्रममा बस्नुहुन्छ । उहाँलाई रेखदेख गर्ने त्यहीँका भक्तजन छन् । अम्बिकाले अलि बढी हेरचाह गर्छिन् । नत्र आफ्नो व्यथा आफैँले सहने, आफ्नो पीडा आफैँले भोग्ने त हो । जो कोहीलाई जीवन असजिलो… पुरा पढौ

भाषा मान्यता दिवस : केही खड्किएका कुरा

भाषा मान्यता दिवस आउँदै छ। २० अगस्ट। नेपाली-मणिपुरी र कोङ्कणीको। अरूहरू भाषा-मान्यता दिवसमा कति रमाउँछन् त्यति थाहा छैन, तर हामी भने बेस्सरी रमाउँछौँ। मानौँ नपाउनेले पाएको हो। भारतको संविधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त धेरैवटा भाषा असममा प्रचलनमा छन्। जस्तै : असमिया, बाङ्ला, बोडो, मणिपुरी, उडिया, हिन्दी, सन्थाली, पञ्जाबी, संस्कृत र उर्दू। जम्मा २२ वटा मान्यताप्राप्त भाषाहरूमद्धे १० वटा भाषा बोल्ने या प्रयोग गर्ने ठुल्ठुलै समुदायहरू असममा पाइन्छन्। असमिया, बोडो, बङ्गाली, मणिपुरी,… पुरा पढौ

असार १५ : नेपाली संस्कृति र समृद्धिको साझा पर्व

हाम्रो देश चाड, पर्व, रितिरिवाज, मौलिकताको धानी हो । यहाँ हरेक खाने कुरादेखि लिएर पेशा व्यवसायसम्मका पर्व दिवस मनाइन्छ। खिर खाने, दही चिउरा खाने, खित्त्रो खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल, मासु, कन्दमुल सखरखण्ड, पिँडालु, तरुल आदि खानलाई नै महत्व दिई पर्वहरु मनाइने गरिएको छ । पहिले पहिले भनेको बेला सबैको सबै कुरा खान पहुँच नहुने र सन्तुलित आहारलाई पनि यी चाड पर्वले ठूलो सहयोग पुर्‍याएको थियो… पुरा पढौ

बुद्धिबहादुरदेखि स्वामी बोधानन्दसम्म

प्रतिष्ठित उद्यमी बुद्धिबहादुर श्रेष्ठ (हाल स्वामी बोधानन्द) पोखराका एक नवरत्न हुन् । जसलाई पोखरा उपमहानगर पालिकाले वि.सं. २०५७ सालका नवरत्न सम्मान प्रदान गरेको थियो । श्रेष्ठले नवरत्न स्वरूप प्राप्त रकममा बुद्धि गरेर लक्ष्मी पदक प्रदान गर्न पोखरा उद्योग वाणिज्य संघमा अक्षयकोष राखे । पृथ्वीनारायण क्यामपसमा वाणिज्य शास्त्रमाप्रथम हुने विद्यार्थीले सो पदक हालसम्म निरन्तर प्राप्त गर्दै आइरहेका छन् । स्वामी बोधानन्दलाई नजिकबाट चिन्नेले धर्म र कर्मलाई सँगसँगै दोहो¥याएर लग्न सक्ने एक… पुरा पढौ

नेपालः विद्यमान उकुसमुकुस र यसको सम्भाव्य निकास

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण दक्षिण एशियाको सानो तर सदा स्वतन्त्र पर्वतीय ÷पहाडी राज्य हो । प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा समेत उल्लेखनीय यो राज्य क्षेत्रफलमा एक लाख सत्चालिस हजार एक सय एकासी वर्ग किलोमिटर रहेको छ । यो देशको वि.सं. २०७८ सालको जनगणना अनुसार जनसङ्ख्या २,९१,६४,५७८ छ । समुद्र सतहबाट मात्र ६१ मिटरको उचाइ रहेका केचनाकवलबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा ८८४८ मिटरसम्म फैलिएको भूभाग रहेको देशको सरदर चौडाइ मात्र १९३… पुरा पढौ

मोटोपन र यसका जोखिमहरु

केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रूपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ । अहिले अधिकांश मानिस आफूलाई स्वस्थ राख्न मोटो हुनबाट निकै सचेत रहेको पाइन्छ । मोटोपनबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा जानकारी राख्नेहरूको संख्या बढ्दैछ । मोटोपनलाई रोगको घरको रूपमा लिन थालिएको छ । यद्यपि, कतिपय मानिसहरू चाहेर वा नचाहेर पनि मोटोपनको सिकार बनेका छन् ।… पुरा पढौ

पुस्तक समीक्षा : कोभिड्को ऐतिहासिक अनुभूति

यो पुस्तक “पुनर्जन्म” चीनको वुहान शहर बाट उत्पन्न ’कोभिड–१९’ महामारी बाट विश्व लगायत नेपाली जनजिवन आतंंकित र त्रासदीको वातावरणले गुज्रिएको समयमा एउटा व्यक्ति वा परिवारले भोग्नु परेको यर्थाथता एक हप्ता भित्रमा परिवारको ३ जना सदस्य गुमाउँदाको पिडा,त्रास र मानविय कमजोडीले निम्त्याउने परिणाम र भोगाईको संस्मरण हो । महामारीको कारण विश्व एउटा वन्दीगृह बनिरहेको डरत्रासको अगाडी मानवता कमजोड भएको वेला वा मानवता हारि रहेको त्यो समय आफ्नो मुटूभन्दा प्यारो मानिस जिवन… पुरा पढौ

बाँचिरहेको एउटा विचार

आज २० वर्ष भयो विजय ढकाल ‘विश्वास’को सहादत भएको । उनलाई पोखराको निर्मलपोखरीको साम्मीको पाखामा तत्कालीन नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । विजयको साथमा कुनै हतियार थिएन । हतियारविहीन व्यक्तिलाई सेनाले चरम यातना दिएर हत्या गरेको थियो । भनिन्छ यौटा क्रान्तिकारीको सहादतले हजारौं क्रान्तिकारीको उदय हुन्छ । भयो पनि त्यस्तै । विजय लगायत सयौं सहिदको सहादतले जनयुद्ध निर्णायक मोडमा पुग्यो । शाही सत्ताको जग हल्लियो, देश नै जनयुद्धमय भयो ।… पुरा पढौ

एआईको प्रयोगद्वारा जीवनको खोज

नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं