Author Archive

अर्काे स्थानीयमा जान नपाइने, ३ जिल्लामा र्‍यापिड टेष्ट

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस कोभिड–१९ को र्‍यापिड टेष्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरु देखिएको कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो । बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । बैठकमा लकडाउन बढाउने विषयमा कुनै निर्णय नभएको… पुरा पढौ

विदेशबाट आएका सबैको कोरोना जाँच अनिवार्य

विदेशबाट आएर क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रूपमा स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । शनिबार भएको गण्डकी सरकारको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य संघ, संस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएको हो । आकस्मिक सेवाका लागि अस्पताल पुगेका बिरामीलाई चिकित्सक र अस्पतालले फिर्ता पठाएका घटनाहरु सार्वजनिक भए पनि गण्डकी प्रदेश सरकारले नयाँ कदम… पुरा पढौ

पोखरा वडा ४ मा विपन्न ५५ परिवारलाइ राहत

पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ । १५ केजी चामल, दुई केजी आलु, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार ३० परिवारलाइ तरुण दल पोखरा महानगर समितिले सहयोग गरेको थियो भने १२ परिवारलाइ लायन्स क्लब अफ पोखरा समृद्धिले सहयोग गरेको थियो । त्यसैगरी… पुरा पढौ

डर नमानौं, संक्रमित अझै धेरै पत्ता लाग्ने छन्

आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड - १९ को दोस्रो चरणमा पुगेको छ । परीक्षणको दायरा बढाएकोले यो पत्ता लागेको हो । पत्ता लाग्नु राम्रो कुरा हो । यो परिणामको कारण परिक्षणको दायरा अझै बढ्नेछ । जति व्यक्तिमा कोरोना संक्रमण छ, त्यो सबै पत्ता लागेमा रोग नियन्त्रण झनै प्रभावकारी हुनेछ । तसर्थ हामीले चिन्ता लिनु जरुरी छैन… पुरा पढौ

कार्यकर्ता र जनसेना कोरोनाविरुद्ध मैदानमा छन् : विप्लव

विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी कोरोना नियन्त्रणका लागि सबै शक्तिसँग सहकार्य गर्न तयार गरेका जनाएका छन् । शनिबार विज्ञप्ति निकालेर उनले आफ्ना कार्यकर्ता र जनसेना कोरोना नियन्त्रण अभियानका लागि क्रियाशील रहेको जनाएका छन् । उनलेकोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंकासमेत वयक्र गरेका छन् । निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले त्यस्ता अस्पताललाई कारवाही गर्न उनले… पुरा पढौ

मलामी जाने पास बनाएर गाउँ जाँदा नियन्त्रणमा

लकडाउनमा सबैजसो मानिस घरैमा छन् । यो बीचमा अत्यावश्यक सवारी र कामका लागि जिल्ला प्रशासन कार्यालय र अन्य केही निकायले पास दिएका छन् । यसरी बाँडिएका पासको चरम दुरुपयोग भएको देखिएको छ । यस्तै दुरुपयोग शनिबार भेटिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अन्त्येष्टिमा जान भनी ग१ख ९२४७ नम्बरको बसलाई २१ गतेदेखि २४ गतेसम्मको पास दिएको थियो । यस्तो अवस्थामा पोखराबाट स्याङ्जा बसभरि मलामी जानै कुरा हुँदैन । उसो त… पुरा पढौ

संकटमा सघाउन हेमजा सहकारीको रक्तदान

हेमजा बचत तथा ऋण सहकारी संस्था लि. ले पोखरा २५ मा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । ६३ औ सहकारी दिवसको अवसरमा विश्वव्यापि माहामारीको रुपमा फैलीएको कोरना भाइरसको प्रकोपको कारण भएको रगत अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रम राखिएको संस्थाका सल्लाहाकार संयोजक मीनराज तिमिल्सिनाले बताए । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, पोखरा, कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रम कोरना संक्रमणको जोखीमलाई मध्ये… पुरा पढौ

लघुकथाः परीक्षण

कतै भर्ना लिन नमानेपछि भगीरथ प्रयत्नमा सहरको एक छेउमा अवस्थित अस्पतालमा समीराले बेड पाइन् । आकस्मिक कक्षमा राख्नासाथ डाक्टरले टाढैबाट सोधे, “ज्वरो आछ ?” “आछैन...” “टाउको दुख्या छ ?” “छैन...” “घाँटी दुख्या छ ?” “छैन...” त्यसपछि कुर्सी अल्लि नजिक सार्दै ढाडस दिदैं डाक्टरले भने, “रुघाखोकी मात्रै केही होइन ।” दुई दिनसम्म उनमा कुनै सुधार देखिएन । तेस्रो दिनमा उनको स्वाब नमूना लिइयो र भर्खरै मात्र प्रदेश सरकारले व्यवस्था गरिदिएको परीक्षण… पुरा पढौ

भारतबाट फर्किएका २ सहित थप ३ जनामा नयाँ संक्रमण

केही दिनअघि भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विदेशबाट फर्किएकाबाहेक नेपालमै रहेकालाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको हो । उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना संक्रमण भएको छ । यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पुरा पढौ

कोरोना : कमाउने मौका नबनोस्

विश्वमा महामारीको रुपमा फैलिररहेको कोरोना भाइसको कारण हालसम्म करिव ११ लाखभन्दा मानिस संक्रमित रहेको र करिब साढे ६० हजार मानिसको मृत्यु भएको व्यहोरा सर्वविदितै छ । कोरोनाको संक्रमण हावासरी फैलिरहेको विश्वमा दिनानुदिन संक्रमितको संख्या बढीरहेको र मृतकको संख्या समेत बढिरहेको परिपेक्षमा नेपालमा हालसम्म जम्मा ६ जनामा संक्रमण देखिनु र कोरोनाको कारण मानिसको मृत्यु नहुनु दैव संयोग हो वा वास्तविकता बाहिर नआएको हो यकिन गर्न सकिएको छैन । दैनिक १०० हाराहारीमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं