Author Archive

विपन्नलाई थर्पु युवा क्लबको राहत

तनुहँको थर्पु युवा क्लवले म्याग्दे गाउँपालिकाको थर्पु बजार क्षेत्रमा रहेका दैनिक ज्यालादारी मजदुर तथा न्युन आय भएका परिवारका लागि राहत खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण भइरहेको लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका बजार क्षेत्रका न्युन आय भएका परिवारका लागि सहयोग गरेको हो । क्लबमा आवद्ध युवाहरुको सहयोग र सक्रियतामा भाडामा बस्ने र दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीवन धान्न विवश कठिन अवस्थाका परिवारलाई सहयोग गरिएको क्लबका… पुरा पढौ

लकडाउन १ साता लम्ब्याउन सुझाव

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा। खेम कार्कीले… पुरा पढौ

उपचारमा आनाकानी, रिपोर्ट आउँछ नेगेटिभ !

पोखराको गणेशटोलबाट लिएको नमुना र बागलुङको ताराखोलाका ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएन । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना परीक्षणको नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ परीक्षण विवरण सार्वजनिक गरेको हो । कोरोनाको आशंकामा ताराखोला १ का बालक होमराज कँडेललाई २० घन्टा अस्पतालको चौरमा राखिएको थियो । उनलाई सामान्य ज्वरो र इन्फेक्सनमात्र देखिएको छ । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । अवस्था… पुरा पढौ

स्वास्थ्य मन्त्रालयले भन्यो : पोखरामा संक्रमण भेटिएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा कोरोना संक्रमण नदेखिएको पुष्टि गरेका छन् । विभिन्न मिडियामा पोखरामा कोरोना संक्रमण देखिएको भन्ने समाचार सार्वजनिक एको थियो । मन्त्रालयको नियमित ब्रिफिङमा डा देवकोटाले हालसम्म नेपालमा ६ जनामा मात्र संक्रमण देखिएको बताए । उनले भने, ‘पोखराको कुनै पनि पोजेटिभ केस छैन । प्रदेशमा मेसिन र रियजेन्ट गएको छ । मेसिन भेलिडेसन हुनुपर्ने हुन्छ । भेरिभाइड हुनुपर्छ । सामान्य प्रयोग हो ।… पुरा पढौ

पोखराको राहत कोषमा प्याब्सनको ५ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । शुक्रबारसम्ममा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ । शुक्रबार ६ लाख ६१ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । बिहीबार मात्र ७ लाख ६५ हजार ६ सय ५५ सहयोग प्राप्त भएको थियो । शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष… पुरा पढौ

कविता : म घर खोजिरहेछु

तिमीले घरभित्रै बस्ने आदेश दियौ म बेघरबार एउटा गुन्टामा सिङ्गो पृथ्वीको भार शिरमा अड्याएर आफ्नै देशभित्र निर्वासित पैतालाले घर खोज्दै हिँडिरहेको छु अनुमति छैन एक मिटर पनि हिड्न म सयौं माइलको यात्रा घरभित्रै बस्ने तिम्रै आदेश पालना गर्न घर खोज्दै हिडिरहेको छु मुसाको दुलोमा अटाउदिनँ चराको गुँडमा रहन सक्दिनँ पानीभित्र पसेँ भने निस्सासिन्छु जङ्गलभित्र छिरेँ भने आतङ्ककारी भनेर तिमी नै गोली ठोक्छौ त्यसैले घरभित्रै बस्न म घर खोज्दै हिँडिरहेको छु… पुरा पढौ

कास्कीमा कोरोना संक्रमित भेटिएका छैनन्

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका कोरोना संक्रमित भेटिएको भनी भ्रमपूर्ण प्रचार भएको जनाएको छ । कार्यालयका नवराज शर्माले कास्कीमा कोरोनाका संक्रमित नभेटिएको दाबी गर्दै मिथ्या समाचार प्रकाशन गरी जनजीवन त्रसित नबनाउन आग्रह गरेका छन् । बिहीबार बागलुङमा कोरोनाको छैटौं संक्रमित फेला परेका थिए । पुरा पढौ

यो ३ हप्ता कडा लकडाउन गरौँ

आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ | संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ | यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन् | यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ | - CNN का अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ | यो भाइरस ६ फिटको दुरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ… पुरा पढौ

खुसी हुँदै स्वदेश फर्किए पर्यटक(फोटो र भिडियो )

लकडाउनले पोखरामा रोकिएका पर्यटकलाई स्वदेश फर्काउने क्रम जारी छ । बिहीबार पोखराबाट आज १ सय १० पर्यटकलाई काठमाडौं पठाइयो । पोखरामा रहेका घर फर्कन चाहने पर्यटकलाई पर्यटक बस र प्लेनबाट काठमाडौं पठाउने क्रम जारी छ । लकडाउनका बेला खान, बस्नकै समस्या हुने भएकाले उनीहरु स्वदेश फर्कन पाउँदा खुसी देखिए । यसअघि ६ सय ३० जना पर्यटकलाई काठमाडौं पठाइसकिएको छ । उनीहरु पदयात्रा सकेर पोखरा फर्केका र पोखरा घुम्न आएका पर्यटक… पुरा पढौ

इमर्जेन्सीमा पनि बिरामी जाँच्दैनन् डाक्टर

रत्नचोककी एक महिलाको २ हप्ताअघि पाठेघरको शल्यक्रिया भयो । शल्यक्रिया सफल भए पनि २ हप्तापछि समस्या देखियो । असाध्य पीडा भएपछि २ दिनअघि ती महिला अस्पताल पुगिन् । तर, ती चिकित्सकले उनको जाँच गर्नै मानेनन् । ३ दिनअघि सिकिस्त नवजात शिशुको जाँचै नगरुी गैह्रापाटनको फिस्टेल अस्पतालले फर्काएको ती बच्चाका अभिभावकले गुनासो गरे । मणिपाल शिक्षण अस्पतालले ३ पटक किमोथेरापी दिइसकेको बिरामीलाई अहिले किमो नै नदिई फर्काएको छ । निजीमात्र होइन,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं