चैत्र २२ गते २०७६

ताजा समाचार

चैत्र २२ गते २०७६

मलामी जाने पास बनाएर गाउँ जाँदा नियन्त्रणमा



लकडाउनमा सबैजसो मानिस घरैमा छन् । यो बीचमा अत्यावश्यक सवारी र कामका लागि जिल्ला प्रशासन कार्यालय र अन्य केही निकायले पास दिएका छन् ।
यसरी बाँडिएका पासको चरम दुरुपयोग भएको देखिएको छ । यस्तै दुरुपयोग शनिबार भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले अन्त्येष्टिमा जान भनी ग१ख ९२४७ नम्बरको बसलाई २१ गतेदेखि २४ गतेसम्मको पास दिएको थियो । यस्तो अवस्थामा पोखराबाट स्याङ्जा बसभरि मलामी जानै कुरा हुँदैन । उसो त स्याङ्जामा मृत्यु हुने धेरैलाई पोखराको सेतीमै जलाउन ल्याउने गरिएको छ ।

पास लिएको गाडी ३३ यात्रु बोकेर स्याङ्जा हिड्यो । मलामी भनी यात्रु लिएर अर्जुनचौपारी जान हिडेको गाडीलाई हेलुमा प्रहरी र जनप्रतिनिधिले नियन्त्रणमा लिएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी जानकारी दिए । उनले लकडाउन पूर्ण पालना गरी सुरक्षित बनाउनुपर्नेमा प्रशासनबाटै हचुवामा पास दिइनु हेलचेक्र्याइ भएको बताए ।