लघुकथाः परीक्षण

कतै भर्ना लिन नमानेपछि भगीरथ प्रयत्नमा सहरको एक छेउमा अवस्थित अस्पतालमा समीराले बेड पाइन् । आकस्मिक कक्षमा राख्नासाथ डाक्टरले टाढैबाट सोधे, “ज्वरो आछ ?”

“आछैन…”

“टाउको दुख्या छ ?”

“छैन…”

“घाँटी दुख्या छ ?”

“छैन…”

त्यसपछि कुर्सी अल्लि नजिक सार्दै ढाडस दिदैं डाक्टरले भने, “रुघाखोकी मात्रै केही होइन ।”

दुई दिनसम्म उनमा कुनै सुधार देखिएन । तेस्रो दिनमा उनको स्वाब नमूना लिइयो र भर्खरै मात्र प्रदेश सरकारले व्यवस्था गरिदिएको परीक्षण जाँच मेसिन भएको अस्पतालमा पठाइयो र भोलिपल्टै परीक्षण गराइयो । दुई दिनपछि अस्पतालले सगौरव रिपोर्ट दियो, “कोरोना नेगेटिभ ।”

छैठौं दिन बित्दै थियो । उनलाई सघन कक्षमा सहज स्वासप्रश्वासतिर सार्ने सल्लाह भयो । यस अघि डाक्टरले पुनः सोधे, “तपैं बाग्लुङको कुन गाउँबाट आउनुभो ?”

“त्यै अस्ति ताका विदेशबाट आकी केटीको गाउँ ।”

त्यसपछि थप प्रश्न सोध्दै नसोधी डाक्टर साबले पुनः स्वाब घाँटीसम्म पु¥याए । नमूना त्यै नयाँ मेसिनमा भकै ठाउँमा पु¥याइयो । पुनः मेसिनले एकैछिनमा विशेष रिपोर्ट दियो, “कोरोना पोजिटिभ…”