भारतबाट फर्किएका २ सहित थप ३ जनामा नयाँ संक्रमण

केही दिनअघि भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विदेशबाट फर्किएकाबाहेक नेपालमै रहेकालाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको हो । उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना संक्रमण भएको छ ।

यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।