Author Archive

पोखरा महानगरले खेलकुदको लागि एकिकृत कोष स्थापना गर्ने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकिकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलुकुदको विकासको लागि एकिकृत कोष आवश्यक छ’–उनले भने– कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’ मेयर जिसीका अनुसार कोषमा राज्यले दिने सहयोग र निजी क्षेत्रबाट प्राप्त सहयोग कोषमै आवस । ‘कोष स्थापनाले मात्रै खेलकुद विकासमा नयाँ आयाम थपिने मात्रै नभई व्यवस्थित समेत हुने छ ।’ तेक्वान्दो डोजाङ… पुरा पढौ

यस्तो छ मुस्ताङका संक्रमितको अवस्था

शनिबार साँझ मुस्ताङको घरपझोङका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भयो । जेठ ३१ गते काठमाडौंबाट आएका घरपझोङ १ छैरोका ती वृद्ध तिब्बतियन क्याम्पमा बस्थे । उनलाई घासाको आइडिटी क्याम्पमा परीक्षण गर्दा रियाक्टिभ देखिएपछि असार १ गते उनलाई जोमसोममा आइसोलेसनमा राखिएको छ। उनको स्वाब संकलन गरी २ गते परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । ती संक्रमित उच्च रक्तचापको बिरामी भएको र आँखाको दृष्टिसमेत कमजोर… पुरा पढौ

मुस्ताङमा पनि देखियो कोरोना

गण्डकी प्रद्ेशका ११ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार घरपझोङ गाउँपालिकाका एक ८३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १८, बागलुङमा २९ र तनहुँमा २ जनामा कोरोना पुष्टि भएको छ । अब गण्डकीमा संक्रमितको संख्या ४ सय ८८ पुगेको छ । पुरा पढौ

जनकलाकारले घन्काए : से नो एमसिसी (भिडियोसहित)

देशको सार्वभौमिकता, स्वतन्त्रताको रक्षा गर्न र नेपालीको हितका लागि एमसिसी कुनै पनि हालतमा पास गर्नु हुँदैन । पोखरेली अधिकारकर्मी र जनवादी सर्जकहरुले केही समयअघि नै यो निष्कर्ष निकालेका हुन् । एमसिसीका गलत पक्षहरुबारे बुझाउन र नेपालीलाई सजग, सचेत र जिम्मेवार बनाउन पोखरामा संगम सांस्कृतिक मञ्चले अभियान चलाइरहेको छ । शनिबार संगमले संगम सांस्कृतिक यात्रा ५ गरेको छ । अभियानलाई गण्डकी संगम, साहित्य शृंखला पोखरा, प्रलेस कास्की, पुष्पकमल स्मृति प्रतिष्ठान र… पुरा पढौ

होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएका हो। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले मृतक पुरुषमा कोरोना पोजिटभ देखिएको जानकारी दिए। उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए। नेपाली सेनाले मृतकको शव शुक्रबार नै व्यवस्थापन गरेको थियो। मृतक पुरुष प्यारालाइसिसको बिरामी थिए। योसँगै गुल्मीमा तीनजना कोरोना… पुरा पढौ

विवाहलगत्तै विदेशी बुहारीलाई नागरिकता राष्ट्रघात

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बिदेशी बुहारीलाई नेपालीसित बिहे भए लगत्तै अङ्गीकृत नागरिकता दिनुपर्ने अडान पुनः दोहोर्‍याउनुले यसको दलीय सङ्कीर्ण राजनीतिक स्वार्थ झनै उदाङ्गो भएको छ।बिदेशी बुहारीलाई नागरिकता दिन सहज बनेको अन्तरिम संविधान २०६३ कै प्रावधानलाई कायम राख्नुपर्ने अडानमा उभिनुले नेपालको राष्ट्रिय स्वाभिमानको दह्रो अडानमाथि भारतले फेरि कत्लेआम गर्न सजिलो हुने गरी काङ्ग्रेस उभिनु निश्चितरूपमा निकै खेदजनक छ। फेरि काङ्ग्रेसले आफ्नो निहित दलीय स्वार्थ र भारतबाट आयातित अङ्गीकृतहरुको अङ्क गणित… पुरा पढौ

नेपाली युवालाई भाडावाल लडाकु नबन्न विप्लवको अपिल

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय गोरखा सेनामा कार्यरत नेपाली युवालाई चीनसँगको युद्धमा नलगाउन माग गर्दै विदेशीको भाडावाल लडाकु नबन्न नेपालीलाई आह्वान गरेका छन् । शनिबार विज्ञप्ति निकालेर उनले भारत–चीन सीमामा तनाव बढेका बेला बिदामा रहेका गोरखा सैनिकहरुलाई फिर्ता बोलाउनुले त्यहाँ उनीहरुलाई परिचालन गर्ने सम्भावना देखिएको औंल्याएका छन् । विप्लवले भनेका छन्, ‘दुई समान छिमेकीका बीचमा भएको नेपाल र नेपाली जनताका लागि यो अति संवेदनशील र खतरनाक छ ।’… पुरा पढौ

नेकपा निर्णय : नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता

सत्तारुढ नेकपा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा उभिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ७ वर्षसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेपालीसँग विवाहित महिलाले सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार पाउने गरी आवासीय परिचयपत्र दिनुपर्ने नेकपाको निष्कर्ष छ । ‘नेपाली नागरिक पुरुषसँग… पुरा पढौ

कास्कीको मादीमा १९ महिने बालिकालाई कोरोना

कोरोना संक्रमण कास्कीका ३ पालिका पुगेको छ । मादी गाउँपालिकामा एक १९ महिने बालिकामा संक्रमण पुष्टि भएको छ । मादीमै ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । ती बालिकाका बुबा २२ दिनअघि भारतबाट घर फर्किएका थिए । उनका बाबुको रिपोर्ट भने नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले शिशुका बुवा गाउँ आएपछि सिधै क्वारेन्टिनमा बसेको उल्लेख गरे । एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको… पुरा पढौ

गजल

तिमी रोप्थ्यौ, म साउथेँ छुट्टै पल थियोमीठो लाग्ने तिम्रो हातको चिसो जल थियो त्यो क्षण सम्झना भो आज दुबै कता कता ?मेला छुट्ने बेला आँखामा आँसु भल थियो पाए माग्थेँ म त्यही बालापन जिन्दगीकोनपाइने समयको निर्मम छल थियो गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछरसायनिक होइन छर्ने कम्पोस्ट मल थियो हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कतिपोको पार्न मखमली तिम्रै सल थियो सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छसमस्याको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं