तिमी रोप्थ्यौ, म साउथेँ छुट्टै पल थियो
मीठो लाग्ने तिम्रो हातको चिसो जल थियो
त्यो क्षण सम्झना भो आज दुबै कता कता ?
मेला छुट्ने बेला आँखामा आँसु भल थियो
पाए माग्थेँ म त्यही बालापन जिन्दगीको
नपाइने समयको निर्मम छल थियो
गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ
रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो
हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति
पोको पार्न मखमली तिम्रै सल थियो
सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ
समस्याको हलमा रमाइलो छलफल थियो ।




