Author Archive

पोखरा महानगरले थाल्यो फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान

पोखरा महानगरपालिकाले घर घरमा फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान थालेको छ ।महानगरले वडा नम्बर ५, ८, १६, १७, १९, २६ र २७ मा आइतबारदेखि अभियान सुरु गरेको हो । छुट्याऔं फोहोर बनाऔं मोहर भन्ने उद्घोषका साथ अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुरुआत गरे । आइतबार बिहान सबैभन्दा पहिले पोखरा १७ मा भएको कार्यक्रममा मेयर जिसीले यो अभियानलाई राजनीतिक अभियानको संज्ञा दिए । उनले सबै विषयको मूल राजनीति भएकाले सरसफाई… पुरा पढौ

इटहरी उपमहानगरका लेखा अधिकृत पोख्रेलविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेललाई भ्रष्ट्राचारको अभियोगमा मुद्धा दायर गरेको छ । अख्तियारले लेखा अधिकृत पोखरेललाई उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गरेबापत ६५ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले लेखा अधिकृत पोखरेल माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर अपराध भएको भन्दै ६५ हजार बिगो कायम गरी भ्रष्टाचार… पुरा पढौ

बढ्यो पेट्रोलियमको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको, डिजेल र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। यो मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ । योसँगै पेट्रोलको मूल्य आइतबारबाट १ सय १ दशमलव ५ रुपैयाँ र डिजेल रमट्टितेलको मूल्य ८७ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। पुरा पढौ

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे । बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी सुगर,… पुरा पढौ

पश्चिमाञ्चल क्याम्पसमा हल्ट प्राईज प्रतियोगिता

हल्ट प्राईज भनेको विद्यार्थीहरुका लागि सबैभन्दा ठुलो प्रतिस्पर्धा र सामाजिक उन्नतिका लागि स्टार्ट-अप प्लेटफर्म हो । यो वार्षिक कार्यक्रम हो र यसको चारवटा चरणहरु हुन्छन् । सर्वप्रथम यो कार्यक्रम क्याम्पसमा हुन्छ र यसको लागि क्याम्पस डीरेक्टर् अनुप ज्वाला पौडेललाई हल्ट प्राईज ग्लोबल टीम ले पश्चिमाञ्चल क्याम्पस को लागि सेलेक्ट गरेको छ । क्याम्पस डीरेक्टर् ले विज्ञहरूको सहयोग लिएर एउटा आयोजक समिति गठन गर्नु हुन्छ। यस कार्यक्रममा बिद्यार्थीहरुलाई एउटा प्लेटफर्म प्रदान… पुरा पढौ

पार्टी एकताबद्ध भएर जनताको सेवामा लाग्छ : सांसद अधिकारी

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की प्रतिनिधि सभा १ सांसद खगराज अधिकारीले पार्टी एकता कायम राख्दै केन्द्रदेखि स्थानीय तहसम्म बिकासका काम तिब्र रुपमा अगाडी बढाइने बताएका छन् । रुपा गाउँपालिका वडा नम्बर ६ स्थित पिपलडाली आपुखोला ढलान बाटो उद्घाटन गर्दै पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने अधिकारीले बताए । उनले स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा अगाडी आग्रह… पुरा पढौ

ऋषि धमलाले सार्वजनिक क्षमायाचना गर्नुपर्छ

अपराधी वा अभियुक्तलाई टेलिभिजन वा आमसञ्चारमाध्यममा अन्तर्वार्ता लिनुहुँदैन किनभने कानुनी वा अदालती प्रक्रियामा रहेको व्यक्तिले आफूलाई निर्दोष देखाउने, एक पक्षीय एवम् भावनात्मक कुरा गरेर जनमत सिर्जना गर्ने र न्यायिक प्रक्रियालाई अबरुद्ध गर्न सक्ने अवस्था रहन्छ । ऋषि धमलाजीको जनता जान्न चाहन्छन्ू कार्यक्रममा निम्त्याइएका पाहुना रञ्जन कोइराला नियतपूर्वक, योजनाबद्ध र क्रूर तरिकाले श्रीमती मारेर प्रमाण नष्ट गर्न खोज्ने पूर्वप्रहरी अधिकृत हुन् । सर्वोच्च अदालतले रञ्जनको सर्वस्वहरणसहित आजीवन काराबासमध्ये १२ वर्ष माफी… पुरा पढौ

मुस्ताङको लोमान्थाङमा फुटबल मैदानसहितको खेलग्राम

हिमालपारीको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्ने छ । रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्ने छ । लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी… पुरा पढौ

१३ वर्षीया बालिकाको अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ

१३ वर्षीया बालिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक युवालाई प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको छ। ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकको नक्कली आइडी बनाएर आफन्तलाई अश्लिल भिडियो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई… पुरा पढौ

कविता : डियर कमरेड!

डियर कमरेड!तिमी किन पटक्कडराउँदैनौमृत्युको छायाँसित..?? अाकाश जत्रो पैतालालेजुन दिन तिम्रो भोककोनक्सा कुल्च्यौतिमी त्यही दिनदेखि बाघी बन्यौं। अधिकारलडेर मात्र पाइने हो,यो मन्त्र कस्ले सिखायौं तिमीलाई?कार्ल मार्क्सको हिरोइजमतिमीमा कहाँबाट अायौ हँ?? कसैसित अन्याय भईरहँदा पनिचुपचापचुपचापबगरै बगर खोलाको बाटोकेही चाल नपाए जस्तो गरिहामी हिडिरहँदा पनितिमी त्यो खोलाको अावज उछिनेरबेस्सरी चिच्याई रहन्छौविद्रोह गर्छौंन्याय माँगछौ!! डियर कमरेड!तिम्रा साथीहरु थोरैदुश्मनहरु धेरकिन छ हँ? चौकमाजहाँ तिमी उभिएरइन्कलाब भन्छौमजदूरहरुको कुरा गर्छौदलितहरुको पक्षमा बोल्छौजुलुस निकाल्छौती राता झण्डाहरुलेबोकेकाहसिँयामार्तलहरुलेकिन अझसम्म भत्काउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं