पार्टी एकताबद्ध भएर जनताको सेवामा लाग्छ : सांसद अधिकारी

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की प्रतिनिधि सभा १ सांसद खगराज अधिकारीले पार्टी एकता कायम राख्दै केन्द्रदेखि स्थानीय तहसम्म बिकासका काम तिब्र रुपमा अगाडी बढाइने बताएका छन् ।

रुपा गाउँपालिका वडा नम्बर ६ स्थित पिपलडाली आपुखोला ढलान बाटो उद्घाटन गर्दै पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने अधिकारीले बताए ।

उनले स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा अगाडी आग्रह गरे ।

ुबिकासको उल्टोबाटोमा छौ,बाटो मात्रै बिकास होइनु,उनले भने ुघर घरमै बाटो पुर्याउन पर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ जताततै बाटो पुर्याउने बहानामा बाढी पहिरोको जोखीम बढ्योु ।

गण्डकी प्रदेश सभा सदस्य दिपक कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै बिकासका कार्यक्रमले तिब्रता पाइरहेको बताए । गाउँपालिकाले दिएको योजनामा बजेट बिनियोजन गरिएकाले उनको भनाइ थियो ।

सिचाई तथा जलस्रोत डिभिजन कार्यलयका प्रमुख किरण आचार्यले २ सय ८० मिटर इस्टिमेटमा रहेतापन जनताको सहभागिता र सक्रियतामा ३ सय ७३ मिटर सम्भव भएको बताए ।

बाटो निर्माणमा जनताले देखाएको सहभागिताले निर्वाचन क्षेत्र बिकास पुर्बाधार कार्यक्रमको उपयोगितालाइ पुष्टि गरेको उनको भनाइ थियो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले चुनावी प्रतिबद्धता अनुसार काम सम्पन्न गर्ने योजना अनुरुप बाटो ढलान गर्न सफल भएको बताए ।

उनले संघ र प्रदेश सभाका सल्लाह सुझाबमा गाउँपालिकाले योजना तयार गरिदै आएको बताए ।

ुसंघ र प्रदेश सभाका बजेटलाई गाउँपालिकाले समन्वय गरेर बिकासका काममा हुँदै आएको छु,उनले भने ु तिनैतहको सहकार्य हुन सकेमा बिकासले गाउँको मुहार फेर्न सकिन्छु ।

गाउँपालिकाले अहिलेको बजेट पशुपालन र कृषिलाई प्राथमिकतामा राखिएकाले कृषि उपज उत्पादनमा लाग्न आग्रह गरे ।

गाउँपालिकाले ६ महिना भित्र रहेका खरको छानो भएका घरमा जस्तापाता राखिने उनको भनाइ थियो ।

कुल २५ लाखको लागतमा बाटो निर्माण सम्पन्न भएको हो । बाटो निर्माण पछि रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड्दछ ।