Author Archive

गजल

जसलाई दिए मुटु झिकी, घरै बेची दामउसैले मेरो पहिलो प्रेमको गरी बदनाम यो मुटुमा तिर हानी उसले अर्कै रोजीयस्तो रोजी रङ्ग न रुपको के भो उसलाई राम मलाई छोडी गई ठीक छ एउटै प्रश्न गर्छुकहाँ राखूँ चिठी उसका कहाँ राखू खाम ? बाच्दासँगै चल्नुपर्छ चितासँगै जल्नुपर्छयस्ता थिए बाचा हिजो आज भुली नाम । पुरा पढौ

पारदर्शिताको मानक स्थापना गर्न लागेको छु : बाँस्कोटा

काठमाडौं। पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्। जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत शुक्रबार सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। उनले भने ‘पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।’ पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए। उनले भने ‘जनतालाई केन्दूविन्दमा… पुरा पढौ

रक्सीको सट्टा सेनिटाइजर खाँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले सेनिटाइजर खाएका थिए । त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको हो । कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो। सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको बिबिसीले उल्लेख गरेको छ। भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा… पुरा पढौ

सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ

पर्सा ( बिरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ | हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो | यो क्लस्टर केसेस होइन | कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ | पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ |… पुरा पढौ

जलेश्वरमा ५ दिनसम्म निषेधाज्ञा

समुदायमा कारोना महामारी फैलिन थालेपछि महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ। जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ नम्बर वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ। एक साताअघि महोत्तरी गाउँपालिका–३… पुरा पढौ

रत्नशोभा स्कुलमा भवन, खानेपानी टंकी र शौचालय बन्दै

पोखरा २८ माझठाना, रैकरको रत्नशोभा माविमा भूकम्प पुनर्निर्माण प्राधिकरणको सहयोगमा एकैसाथ भवन, खानेपानी टंकी र शौचालय बन्ने भएका छन् । शुक्रबार आयोजित कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले यी पूर्वाधार शिलान्याश गरे । अधिकारीले सामुदायिक स्कुलहरुका भौतिक निर्माणका लागि सरकारले उल्लेख्य लगानी गरेको उल्लेख गर्दै अब गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे । गुणस्तरीय र युगसापेक्षा शिक्षाबाट नै समृद्ध नेपाल निर्माण हुने उनको भनाइ छ । पोखरा २८ का अध्यक्ष निर्मल… पुरा पढौ

महेन्द्रपुल, मेडिकल लाइनमा अत्याधुनिक वेलनेस क्लिनिक

पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा अत्याधुनिक र सुविधासम्पन्न वेलनेस क्लिनिक खुलेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै अन्नपूर्ण सिटी क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकमा गण्डकी प्रदेशकै पहिलो र एकमात्र बाथरोग विशेषज्ञ डा रामकृष्ण गिरीले दैनिक बिहानदेखि बेलुकैसम्मै सेवा दिएका छन् । वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ पनि बिहानदेखि बेलुकासम्म क्लिनिकमै रही सेवा दिने क्लिनिकका अध्यक्ष गीता कार्कीले जानकारी दिइन् । वरिष्ठ न्युरो सर्जन डा सुरेश… पुरा पढौ

लघुकथा : दाग

अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खवर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले ।उनको लास आँगनमा राखिएको थियो। धेरै मानिसहरू लासको वरिपरि थिए । लास उठाएर घाटमा लगिहाल्न कसैलाई मन लागेकै थिएन तर लैजानै पर्थ्यो।अति दुखित मन लिएर लास उठाइयो। उसलाई चिन्ने जान्ने जति सबै उसको मलामी बने। देख्नेहरूले भने , मलामी भने कमाएकै रहेछ। लासलाई घाटसम्म पुर्‍याएपछि चितामा राखियो।… पुरा पढौ

उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण

जनकपुरस्थित उच्च अदालतका १ न्यायाधीशमा कोरोना संक्रमण भएको छ । ५० वर्षीय न्यायाधीशमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । न्यायाधीशमा कोरोना पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । पुरा पढौ

जात्रा मनाउन दुई दिन बिदा !

कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रारपर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो । “कार्यपालिका बैठकले नै जात्रा÷मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं