Author Archive

प्रधानमन्त्रीसँग विद्यार्थी नेताले मागे पोखरा विश्वविद्यालयमा उपकुलपति

पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तीको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ती छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए । विगत… पुरा पढौ

फोहोर वर्गीकरण अभियान चलाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा अभियान सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र… पुरा पढौ

महानगरले दियो विद्यार्थीलाई स्वअध्ययन सामग्री

कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्वअध्ययन सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले तयार पारेको स्व अध्ययन सामग्री पोखरा वड नम्बर १८ का ९ वटा विद्यालयका विद्यार्थीलाई बुधबार वितरण गरिएको हो । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा, लगायतले स्व अध्ययन सामग्री वितरण गरेका हन् । कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि गणित, विज्ञान, अंग्रेजी,… पुरा पढौ

प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।  पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन्। संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता,… पुरा पढौ

पोखरामा एकै पटक १४ जनामा कोरोना पुष्टि

पोखरा महानगरमा एकै पटक १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान साढे १० बजेको अपडेटमा प्रदेश स्वास्थ्य निर्देशनालयले यस्तो जनाएको हो । संक्रमितमध्ये १२ जना लेकसिटी क्वारेन्टिनमा थिए । २ जना पोखरामा सञ्चालित एक आयोजनका कामदार हुन् । बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप… पुरा पढौ

सजिलो मर्मतले प्राबिधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु पर्‍यो। यसबीच सजिलो मर्मत सेवा (एसएमएस) ले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ मार्फत् आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने गरेको छ । सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका छन्।लकडाउनका कारण उनीहरूलाई दैनिक गुजारा टार्न मुस्किल परेको थियो । सोही अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै एसएमएस रिलिफ फन्ड सुरु गरिएको हो । सजिलो मर्मत… पुरा पढौ

मुस्ताङी स्याउमा स्क्यापको प्रकोप

स्याउका बोट र फलमा स्क्याप रोग संक्रमण देखिएसंगै मुस्ताङका किसान यति बेला चिन्तित बनेका छन् । लगातारको अविरल वर्षाका कारण स्याउ बगैचामा स्क्याप रोग देखा परेको मुस्ताङका किसानले बताएका छन् । स्याउ उत्पादनमा प्रसिद्ध मुस्ताङको घरपझोङ गाउपालिका—४ मार्फा र थासाङ गाउपालिका—१ र २ वडाको टुकुचे ,सौरु र कोवाङ लगायतका स्थानमा स्क्याप रोगको संक्रमण देखिएको हो । भारी वर्षाले स्याउको बोट र फलमा यस प्रकारको संक्रमण फैलिएको शेर्पा नर्सरी टुकुचेका राजन… पुरा पढौ

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा। उदयनारायण सिंहले वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएका हुन् । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।… पुरा पढौ

जलस्रोत तथा सिंचाई विकास डिभिजनका कार्यालय प्रमुख पक्राउ

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ पक्राउ परेका छन् । निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट नौ लाख चौतीस हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । श्रेष्ठले सेवाग्राहीको ठेक्काको दोस्रो रनिङ बिल भुक्तानीको लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम… पुरा पढौ

खतरनाक लागुपदार्थ ‘मेथान्टामाइन आइस’ सहित एक पक्राउ

प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको विशेष टोलीले खतरनाक लागुऔषध बरामद गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीका एक उच्च अधिकारीले बताए।यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं