Author Archive

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताए । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका… पुरा पढौ

गजल

गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छहेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्रभन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति कहिलेसम्म होला ?देश समृद्ध बन्न अझै कति नागरिक हराउनुपर्छ ? कर तिर्नकै लागि सरकार करकर गरिरहन्छ सधैआफू भोकै बसेर पनि उहाँको पेट भराउनुपर्छ ।। भेडाहरुलाई संसद् भवन छिराएर देश बन्दैनतिनलाई त भोकै राखेर जङ्गलमै चराउनुपर्छ ।। पुरा पढौ

विमान सञ्चालन प्रत्युत्पादक बन्न सक्छ

हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ | होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ | कोरोना समुदायमा नफैलिएको कारण हालसम्म नेपाल सुरक्षित छ | अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ | ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट… पुरा पढौ

काँग्रेस केन्द्रीय महिला विभाग पूर्ण, शारदा पौडेल बनिन् सदस्य

शारदा पौडेल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् । कास्कीबाट शारदा पौडेल सदस्य बनेकी छिन् । पौडेल पूर्व सांसद हुन् । उनी गत प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार थिइन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए । विभागको सचिवमा लक्ष्मी खतिवडा र सदस्यमा अनार बस्नेत, अम्बिका न्यौपाने, ईन्दिरा कोइराला,… पुरा पढौ

कविता : यात्रा जीवन

बाढी आउँछपहिरो आउँछजिन्दगी नै बग्छआँधी आउँछहुरी आउँछजिन्दगी नै उड्छ । आगो बल्छडढेलोमाजिन्दगी नै जल्छशिरैमाथि चट्याङ पर्छजिन्दगी नै डढ्छ । पाइलामुनि धर्ती फाट्छत्यहीँ गर्तमा पर्छगर्भमै मर्छकहिलेनहुर्किंदै मर्छखाँदाखाँद‌ै स्वास नलीरोकिएर मर्छत्यही मान्छे बैरी बन्छअरुलाई सताउँछ । किन मान्छे सुझ्दैन ?किन मान्छे बुझ्दैन ?जिन्दगीकोयात्रा योकठिन कठिन छ।। [[ अमर शिला ]] पुरा पढौ

सरोकारवालासँग समन्वय गरी समस्या सुल्झाउँछु : न्यौपाने

बागलुङको प्रमुख जिल्ला अधिकारीमा सुरेश न्यौपाने आएका छन् । हालै जिम्मेवारी सम्हाल्न आइपुगेका न्यौपानेले पत्रकारहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा, सरकारी सवारी साधनको दुरुपयोग, रुपा हत्या काण्ड, कालिगण्डकी नदी दोहन, महिला हिंसा, कोभिड महामारी, स्थानिय निकायबाट सूचना प्रवाह हुन नसकेको, जिल्ला प्रसासन कार्यालयबाट समेत सूचना प्रवाहमा असहजता भएको र सेवा प्रवाहमा ढिलाइ जस्ता विषय सुल्झाउन पत्रकारहरुले सुझाव दिएका थिए । प्रजिअ न्यौपानेले विद्यमान समस्याहरु हल गर्नका लागि सम्बन्धित कार्यालय, संस्था… पुरा पढौ

अक्सफोर्ड युनिभर्सिटी कोरोना भाइरसको खोप बनाउँदै

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ | ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ | बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ | यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको… पुरा पढौ

अबको राष्ट्रिय कृषि नीति यस्तो हुनुपर्छ

विषय प्रवेशनीति के गर्ने वा के नगर्ने भन्ने बिषय समाहित भएको दस्तावेज हो । यसमा उपलब्ध साधन, स्रोतको अधिकतम् परिचालनमार्फत उद्येश्य प्राप्तिका खातिर अनेकौ उपाय समावेश गरिएको पाइन्छ । सरकारी निकायमार्फत बनाईने यस प्रकारका नीतिमा बृहत तथा व्यापक हित प्रबर्द्धन गर्ने बिषय हुन्छन् । यो सरकारको नीति मात्रमा सिमित रहँदैन । यो सार्वजनिक प्रकृतिको हुन्छ । सरकार परिवर्तन हुँदाका बखतमा पनि सार्वजनिक नीतिमा कुनै परिवर्तन भएको हुनु हुँदैन । त्यसैले… पुरा पढौ

सडकमा निस्केर शिक्षकले भने : हामीलाई पनि बाँच्न देऊ

निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपालअन्तर्गत पोखरा महानगर समितिको आयोजनामा सोमबार शान्तिपूर्ण ¥याली निकालिएको छ । कास्कीको पोखरा र यस आसपासमा रहेका निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको ¥याली पोखराको सृजनाचोकबाट सुरु भएर न्युरोड हुँदै मानवअधिकार चोकमा गई कोण सभामा परिणत भएको थियो । ¥यालीमा उपस्थित शिक्षक कर्मचारीले “हामी पनि बाँच्न पाऊँ, श्रमको उचित मूल्याङ्कन गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर जस्ता नारा लेखिएका… पुरा पढौ

सबै निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाऔं : कोइराला

कास्कीबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन् । सोमबार सदनको विशेष समयमा कोइरालाले अविरल वर्षाका कारण ठूलो प्राकृतिक विपत्तीबाहेक अन्य साना साना क्षति भएका ठाउँमा सरकारले तत्काल सहयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए । थोरै रकम खर्च गरेर ठूलो धनजन जोगाउन सकिने ठाउँमा पनि तिनै तहका सरकारबाट काम हुन नसकेको उनको भनाइ छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं