वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।

बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनी सुगर, निमोनियाबाट पीडित रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।