Author Archive

समाचार टिप्पणी : लकडाउन, निषेधाज्ञाभरि संक्रमण रोक्ने तयारी किन भएन ?

संघीय राजधानी काठमाडौंझैं पोखरामा पनि कोभिड १९ समुदाय तहमा पुगिसकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे सकिँदै छ । त्यसपछि निषेधाज्ञा नलम्ब्याउने सरोकारवालाहरु बताइरहेका छन् तर संक्रमण रोक्न कस्ता उपाय अबलम्बन गरिन्छन् भन्नेमा नागरिकको चासो छ । शुक्रबारमात्रै दिउँसोसम्म पोखरा महानगरमा १६ जनामा कोरोना पुष्टि भयो । बिहीबार एक जनाले ज्यान गुमाएको कोरोनाकै कारण शुक्रबार अर्का एक जनाको पनि निधन भयो । दैनिक… पुरा पढौ

पोखरा फेरि थपिए ११ संक्रमित

पोखरा महानगरमा फेरि ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तेस्रो अपडेटमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारै पोखरामा कोरोनाबाट १ जनाको मृत्यु र थप ५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । पोखरा २ संक्रमित कामना बिकाश बैंक, दीप शाखामा कार्यरत छन् भने वडा नं. ३ का संक्रमित एभरेस्ट बैंक,… पुरा पढौ

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काग्रेस नेता, उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले ट्वीटरमा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका हुन् । आफूलाई कोरोनाका लक्षण भने नदेखिएको उनले उल्लेख गरेका छन् । पुरा पढौ

पोखरामा फेरि अर्का संक्रमितको मृत्यु

पोखरा महानगरमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा १६ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको सवा १२ बजे मृत्यु भएको हो । बिहीबार पोखरा १२ की ३२ वर्षीया संक्रमितको मृत्यु भएको थियो । आज मृत्यु भएकाती पुरुषमा मधुमेह, हाइपरटेन्सन लगायतका स्वास्थ्य समस्यासमेत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । पुरा पढौ

पोखरा १६ का २ वृद्धमा संक्रमण, समुदायमै फैलिएको आशंका

पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय वृद्धलाई कोरोना देखिएको हो । पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहँदा कोरोना भाइरसको लक्षणपछि उनीहरुलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुमा संक्रमणको स्रोत नदेखिएको र समुदायमै कोरोना रहेको हुन सक्ने पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए। शुक्रबार बिहानै पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।… पुरा पढौ

पोखराका २ पर्यटक प्रहरीलाई कोरोना

पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान संक्रमण पुष्टि गरेका दुवै पर्यटक प्रहरी हुन् । निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएको जनाएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७२ छ । पुरा पढौ

स्याङ्जामा भदौ १८ सम्म निषेधाज्ञा

स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की महिला शिक्षा विभागमा प्रतिभा

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको महिला शिक्षक विभागमा प्रतिभा अधिकारी चयन भएकी छन् । संगठनको बिहीबार भएको भर्चुअल मोडको भेलाले उनलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो । पवित्रा श्रेष्ठ सहसंयोजक र पुर्णिमा गुरुङ सचिव रहेको विभागका सदस्यमा विष्णुमाया भट्टराई, माया पौडल, लीला न्यौपाने, बिन्दु अधिकारी, अम्बिका भण्डारी र दुर्गा ढकाल छन् । भेलामा संगठनका केन्द्रिय महिला शिक्षक विभाग ईञ्चार्ज एवं केन्द्रिय समितिका उपाध्यक्ष नानुमाया पराजुलीले महिला शिक्षकहरु पुरुष… पुरा पढौ

नेकपा प्रतिवेदन : व्यक्तिवादी चिन्तन र अराजनीतिक गुट विरुद्ध मौन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिदै गएको आन्तरिक बिबाद, आरोप र प्रत्यारोपले गर्दा पार्टी नै फुटको संघारमा पुगेको जस्तो देखिएको अबस्थामा पार्टीका दुई अध्यक्ष केपि शर्मा ओलि र पुष्पकमल दाहालले आन्तरिक बिबादलाई निकास दिने उद्देश्यले बिष्णु पौडेलको सयोजकत्मा, शकर पोख्रेल ,जनार्दन शर्मा, फम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहने गरि छ सदस्य कार्यदल गठन गरि जिम्मा दिने निर्णय गरियो । उक्त कार्यदलले सात दिन लगाएर १७ पाना लामो प्रतिबेदन दुबै… पुरा पढौ

पोखरा १२ की मृतकमा अन्य रोग थिएन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहीबार कोरोनाबाट एक महिलाको मृत्यु भयो । ती ३२ वर्षीय महिलामा अन्य स्वास्थ्य समस्या नरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । युवावस्थामै अन्य रोगबिना कोरोनाकै कारण मृत्यु गण्डकीको यो पहिलो घटना हो । पोखरा १२ की ती महिला करिब २ हप्तादेखि अस्पतालको आईसियुमा उपचाररत रहेको र अन्य स्वास्थ्य समस्या नदेखिएको पोखरा महानगरका स्वास्थ्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं