Author Archive

किन धमाधम ज्यान जाँदै छ आइसोलेनमा ?

डेढ हप्ताअघि कोशी अस्पतालको आइसोलेसनमा एक बिरामीको मृत्यु भयो । पिसिआर जाँचको रिपोर्ट आउन बाँकी रहेकाले लास नलैजान अनुरोध गर्ने डाक्टर नै मृतकका आफन्तबाट कुटिए । पछि डाक्टरको नै पिसिआर रिपोर्ट पोजेटिभ आयो । कोशी अस्पतालको आइसोलेसन कसरी चलेको छ भन्ने एउटा उदाहरण हो यो । यो वार्डमा अहिलेसम्म इन्चार्ज नै नछिरेको गुनासो एकातिर छ भने आवश्यक जनशक्ति र उपकरणको चरम अभाव पनि छ । अस्पतालको आइसोलेन वार्डमा ल्याइएका बिरामीको… पुरा पढौ

मनाङका शिक्षक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोरोना संक्रमण मुक्त रहेको मनाङमा मंगलबार २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको साढे ३ बजेको अपडेट अनुसार निस्याङमा कार्यरत ५१ वर्षीय शिक्षक र चामेमा कार्यरत ४९ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । उनीहर दुवै पुरुष हुन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २६६ पुगेको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या १९१३ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६३९… पुरा पढौ

१ सङ्क्रमितबाट ९ जनामा स¥यो कोरोना

बागलुङ नगरपालिका­ ३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको छ । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सर्तकता अपनाइएको छ भने भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । सङ्क्रमित महिलाको… पुरा पढौ

बाग्लुङमा पहिरोले घर पुरियो, किशोरीको मृत्यु

file pix अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई… पुरा पढौ

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग एक लाख पचास हजार घूस लिइसकेपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस गरी नदिएमा बिल भुक्तानी गर्न नसक्ने भनी चेकहरु नदिई रोकी राखेका थिए । पुरा पढौ

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ई फार्म

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ। कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए। ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले बताए। इ फार्ममा पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको… पुरा पढौ

बागलुङमा थप एक साता निषेधाज्ञा

बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको बैठकले थप एक साता जारी राख्ने निर्णय गरेको हो । गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका–२ र ३ का दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा सङ्क्रमण फैलिएको… पुरा पढौ

सुनिताले भनिन् -बदनाम गरेर सन्तोष मिल्छ भने (गीतको भिडियोसहित)

बदनाम गरेर संतोष मिल्छ भने मेरो बदनाम गर्दै हिँडम‌ जिउँदै भए पनि मर्यो भनेर फूल अक्षता छर्दै हिँड गीतको यो स्थायी जति गम्भीर छ, बाँकी अन्तरा र अभिनयसमेत उस्तै जीवन्त छ । सुमन श्रापितका यी शब्दमा चर्चित संगीतकार बिबी अनुरागीले संगीत भरेका छन् । अनुभवी गीतकार र संगीतकारको सिर्जनमा नयाँ भए पनि गायिका सुनिता श्रेष्ठ आवाज सिद्धहस्त गायिकाको जस्तो छ । प्रेम सम्बन्धमा खटपट आएपछि हुन सक्ने धोकाधडीलाई सुनिताले आवाजमा… पुरा पढौ

पूर्वाधार निर्माण कतै बजेटले रोकियो, कतै सामानले रोकियो

कोरोना कहरले सबै क्षेत्र लपेटिएको छ । खेलकुद क्षेत्र पनि अछुतो छैन् । खेलकुद गतिविधि होस या पूर्वाधार निर्माण, कोरोनाले गम्भीर असर पु¥याएको छ । कोरोनाकै कहरले गण्डकी प्रदेशका खेलकुदका पूवार्धारको काम ठप्प जस्तै भएका छन् । केही बजेट अभावले रोकिएका छन् । कतै सामान नआउँदा रोकिन पुगेको छ । देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ । कोरोनाले त्रसित बनाएको छ । भारतबाट… पुरा पढौ

यसरी सुल्झाइनेछ नेकपा विवाद (कार्यदलको प्रतिवेदनको पूर्णपाठ)

नेकपाको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाईसकेको छ । ६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ । प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं