Author Archive

नेपाल मेडिसिटीमा सुरु भयो पिसिआर जाँच

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । विश्वमा उत्कृष्ट पिसिआर, जिन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट मेडिसिटीले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको जाँदा मेडिसिटीले जाँच सुरु गरेको हो । यहाँको पिसिआर टेष्ट मेसिन… पुरा पढौ

साढे ४ हजार संक्रमित घरमै, आज थपिए ७४३ संक्रमित

कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार सोमबार देशभर ४ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा छन्। सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ५ सय जना होम आइसोलेसनमा छन्। प्रदेश ५ मा २९८, प्रदेश १ मा २७३, बागमती प्रदेशमा ४३५, सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २१ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा… पुरा पढौ

गण्डकी सरकारले माग्यो हुलाक निर्देशनालयको जग्गा

गण्डकी प्रदेश सरकारको भदौ ३ गते बसेको १३ औं मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले क्षेत्रीय हुलाक निर्देशनालय पोखरा ७ सहिद चोकको जग्गा र भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृति प्रदान गर्न संघ सरकारलाई अनुरोध गरेको छ । गण्डकी सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले निर्णयहरु सार्वजनिक गरेका हुन् । बस्नेतले बैठकले प्रदेश स्तरीय बेरुजु फस्र्छाैट, अनुगमन र मूल्यांकनका लागि मुख्य सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको जानकारी… पुरा पढौ

कोरोनाबिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्याल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ |कर्तब्यनिष्ठ नागरिक तथा जनस्वास्थ्यकर्मी भएको नाताले मैले चीन, भारत, बेलायत, अमेरिका, रुस तथा युरोपियन युनियन अन्तर्गतका महामहिम राजदुतलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि तथा नेपालमा ३ करोड खोप आबश्यकता रहेकोबारे अनुरोध गरेको थिएँ… पुरा पढौ

अथकले ल्याए ‘कोरोनाको पोको’

‘के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा।कोरोनाको पोको छ झाल झालमा।’ पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लेखित गीतको टुक्का हो यो। हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीसहितका विदेश तथा नेपाली समाजमा पारेको प्रभावलगायतका विषयलाई उल्लेख गरिएका २५ वटा गीत समेटिएका छन्। कृषि प्रधान नेपाली समाजको यथार्थतालाई गीतमा समेट्दै यसबाट जोगिन सचेत बन्नुको विकल्प… पुरा पढौ

कोरोना जितेपछि नगरवासीलाई बचाउन लाग्ने मेयरको प्रतिवद्धता

गत साउन १४ मा संक्रमण भएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५ औँ दिनमा कोरोनामुक्त भएका छन्। उनको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा पिसीआर रिपोर्ट नेगेटिभ आएको हो। सुरुमा उनलाई १२ दिन आईसीयुमा राखेरसमेत उपचार गरिएको थियो। ‘कोरोनामुक्त भएको छु, अब मेरो सबै ध्यान नगरवासीको स्वास्थ्यमा हुने छ,’ उनले भने। उनको सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो। सरावगीले केही दिनभित्रै महानगरवासीको सेवामा आफू जुट्ने बताए। पुरा पढौ

कास्कीमा ५ दिन निषेधाज्ञा थप

कास्कीमा लगाइएको निषेधाज्ञा ५ दिनका लागि थपिएको छ । प्रशासनले निषेधाज्ञाको मोडालिटीमा भने सामान्य परिवर्तन गरेको छ । आवश्यक कर्मचारीसहित सरकारी कार्यालय, बैक र निर्माण सामग्रीका पसल खोल्न अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि ७ गतेसम्ममा लागि लगाएको निषेधाज्ञा अब १२ गते राति १२ बजेसम्म जारी रहनेछ । आइतबार बिहान पोखरा महानगरको कोरोना रोकथाम मूल समितिले महानगरमा निषेधाज्ञा थप्नका लागि सिफारिस गरेको थियो । पुरा पढौ

क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । इमर्जेन्सी बिभागमा कार्यरत ती ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मी केहि दिनदेखि होटल क्वारेन्टाइनमा थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले बताए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ । पुरा पढौ

हरिबहादुरसँगको घम्साघम्सीमा मारियो चितुवा

बेसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केहीबेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । मृत चितुवा डिभिजन… पुरा पढौ

महिनावारी पाप होइन

महिनावारी हुनु सृष्टिको शुरुवात हो। प्रजनन अङ्गको बिकासलाइ पापको नाम दिएर प्रकृति र बिज्ञान बिरोधी काम हुँदै आएको छ। महिनावारी हुँदा कतै छोएर गरेको पाप पखाल्न आज ऋषि पन्चमिको पुजा हुदैछ। हिजो अशिक्षा र अन्धबिश्वासले आमा ,हजुरआमाहरुले यो सस्कार मान्न बाध्य हुनु भो। आजको शिक्षित आधुनिक युबा पुस्तासमेत महिनावारीलाई पाप मानेर पन्चमी पुजामा मरिहत्ते गरेको देखेर अचम्म लागेर आउँछ। सुदुर पश्चिममा छाउपडी गोठ भत्काउन सजिलो छ तर समाजका बौद्धिक कहलाइएकाहरुको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं