बदनाम गरेर संतोष मिल्छ भने मेरो बदनाम गर्दै हिँड
म जिउँदै भए पनि मर्यो भनेर फूल अक्षता छर्दै हिँड
गीतको यो स्थायी जति गम्भीर छ, बाँकी अन्तरा र अभिनयसमेत उस्तै जीवन्त छ । सुमन श्रापितका यी शब्दमा चर्चित संगीतकार बिबी अनुरागीले संगीत भरेका छन् ।
अनुभवी गीतकार र संगीतकारको सिर्जनमा नयाँ भए पनि गायिका सुनिता श्रेष्ठ आवाज सिद्धहस्त गायिकाको जस्तो छ । प्रेम सम्बन्धमा खटपट आएपछि हुन सक्ने धोकाधडीलाई सुनिताले आवाजमा मात्र न्याय गरेकी छैनन्, उनको अभियन पनि सशक्त छ ।
करिब दशक अगाडि रेकर्ड भएको यो गीत संगीतकार बिबि अनुरागीको एकल संगीत र गीतकार सुमन श्रापितको एकल रचना र पोखरेली नव गायक गायिकाहरुको आवाजमा तयार गरिएको एल्बम “सङ्कल्प”मा समाबेश गरिएको गीत हो ।
अहिले गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गायिका श्रेष्ठले प्रविधिको उपयोग गरी गीतलाई जीवन्त बनाउन म्युजिक भिडियो ल्याइएको उल्लेख गर्दै दर्शक, स्रोतको प्रतिक्रिया नै आफ्नो मार्गदर्शन हुने बताइन् ।




