Author Archive

आइतबार बिहानै दर्ता भएको थियो ओलीविरुद्ध अविश्‍वास प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गर्नु अघि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । नेकपा सांसद भीम रावल, पम्फा भुसाललगायतले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसदको हस्ताक्षर रहेको जनाइएको छ । पुरा पढौ

संसद विघटन गलत : गौतम

नेकपा उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले संसद विघटन गर्ने सरकारको कदमको विरोध गरेका छन् । संसद विघटन गर्न सरकारले गरेको सिफारिसमा तटस्थ रहेको प्रतिक्रिया दिएका गौतमले संसद विघटन भएपछि भने यसको विरोध गरेक हुन् । उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउने आश्वासन ओलीले दिएको सार्वजनिक भएको थियो । विज्ञप्तिमा गौतमले भनेका छन्, ‘संसदको कार्यकाल २ वर्ष बाँकी हुँदा हुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट… पुरा पढौ

केपी ओलीलाई धन्यवाद !

२०६४ सालको पहिलो संविधानसभाको विघटनपछि नेपालको शासन व्यवस्थामा वास्तविक अर्थमा नेपाली जनताको प्रतिनिधित्व थिएन । संसद् र सरकारमा केवल शक्तिकेन्द्रका नोकर–चाकर मात्र थिए । त्यसपछि राजनीतिक दलहरूमा गुप्तचरहरू झनै भरिभराउ हुन थाले । त्यसैले, हामीले २०७० र २०७४ सालको निर्वाचन बहिस्कार गरेका थियौँ । यहीबिचमा केपी ओलीले कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लगाए । ओलीले करिब एकदर्जन नेता तथा कार्यकर्ताको हत्या गरे। झुट्टा मुद्दामा हजारौँ नेता तथा… पुरा पढौ

पोखरामा ओलीको पुत्ला दहन (भिडियोसहित)

संसद विघठन विरुद्ध नेकपा निकट विद्यार्थी नै सडकमा उत्रिएका छन् । प्रचण्ड नेपाल पक्षका अनेरास्ववियु कार्यकर्ताले पोखरा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित नारावाजी गरेका छन् । जनमत र संविधान विपरीत संसद विघटन गरेको भन्दै आइतबार विद्यार्थीले पोखराको महेन्द्रपुलमा नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजेको थियो । अनेरास्ववियु नेता क्षितिज शर्माले जनघाती र असंवैधानिक कदम विरुद्ध संघर्ष जारी राख्ने जनाए । पुरा पढौ

अख्तियारमा प्रेम राईसहित ४५ को नियुक्ति सिफारिस

प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालय पुगेको छ । संसद विघटन भएपछि संसदीय सुनुवाई नहुने अवस्था बनाएर सिफारिस पठाइएको हो । सुनुवाई हुने अवस्थामा ती सिफारिस पारित नहुने अवस्था थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ । ४५ दिनभित्र संसदीइ सुनुवाई नभए सिफारिस… पुरा पढौ

जनादेश लिनु लोकतन्त्र हो : पोखरेल

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले नयाँ जनादेशको अपेक्षासहित संसद विघठनको सिफारिस गरेको जनाएका छन् । पोखरेल प्रधानमन्त्री ओली निकट हुन् । उनले जनमतलाई लोकतन्त्रमा सबैले स्विकार गर्नुपर्ने उल्लेख गरे । पुरानो जनादेशको अर्थ बुझ्नेबारे केही अलमल पार्टीमा देखिएकाले यो निर्णय भएको उनको भनाइ छ । ‘अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद्… पुरा पढौ

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जनाएको छ । ुसंविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष… पुरा पढौ

संसद विघटन सिफारिस असंवैधानिक : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सरकारले गरेको संसद विघटन सिफारिस असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति निकालेर सिफारिसको विरोध गरेका हुन् । ‘प्रधानमन्त्री ओलीको यो कदम २०६२( ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ । महासंघले सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिसँग आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण लोकतान्त्रिक तथा… पुरा पढौ

राजीनामा दिने तयारीमा ५ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ मन्त्रीले राजीनामा दिने भएका छन् । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव यसका लागि छलफलमा जुटेका छन् । मध्यमार्गी बनेका रामबहादुर थापा र लेखराज भट्टले के गर्लान् भन्ने निश्चित छैन । माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने नेता नेपालसँग छलफल गरेरमात्र निर्णय लिने भएका छन् । पुरा पढौ

विशेष सम्पादकीय : नेकपाको सुसाइड गोल

२ पाइलटले हाँकेको नेकपा र वर्तमान सरकारको भविष्य दुर्घटनागस्त भएको छ । समृद्धि, स्थिरता र प्रगतिको सपना देखेका नेपालीको सपनामाथिसमेत दुषारापात भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गर्न सिफारिस गरेका छन् । मन्त्रीहरुलाई समेत थाहा नदिई आकस्मिक रुपमा आयोजित मन्त्रीपरिषद् बैठकबाट ओलीले यो निर्णय गराएका हुन् । प्रधानमन्त्री ओली र नेकपाकै लागि यो सुसाइड गोल हो । यो गोलबाट ओली त हार्ने नै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं