Author Archive

ओली-प्रचण्ड फेरि छलफलमा

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल जारी छ । ओलीलाई भेट्न फेरि प्रचण्ड बालुवाटार गएका हुन्। नेकपा स्थायी कमिटी बैठक अपराह्न १ बजेदेखि बस्ने भनिए पनि अचानक संसद विघटनको सिफारिस भएको छ । स्थायी कमिटी बैठकका लागि नेकपा नेताहरु बालुवाटारमा जम्मा हुँदै छन् । पुरा पढौ

संसद विघटन सिफारिस, वैशाख २३ मा चुनाव प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष संसद विघटन गर्न प्रस्ताव पठाएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी फर्किसकेका छन् । उनको प्रस्तावमा ३ मन्त्रीले प्रतिवाद गरेका थिए । प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेको सोतले जनाएको छ । प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्न बाँकी छ भने यसको चौतर्फी विरोध भएको छ । पुरा पढौ

कुन कुन मन्त्रीले गरे ओलीको प्रतिवाद ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका थिए । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले प्रस्तावको प्रतिवाद गरेका हुन् । उनीहरुले असंवैधानिक कदम नचाल्न आग्रह गर्दै मध्यवधिमा जाँदा जनमतको अपमान हुने जनाएका थिए । प्रधानमन्त्री भने ती मन्त्रीहरुसँग प्रतिवाद नगरी निर्णय गरी हिडेका थिए । पुरा पढौ

अध्यादेश, ठूटे हलो र चुडिएको हल्लुडो

हामी प्राथमिक बिद्यालय पढदा कसैलाई आफ्नो कुरामा विश्वस्त पार्न, कुनै गल्ति कमजोरी गरेको छैन भनि पुष्ट्याई गर्न किरिया/कसम खाईन्थ्यो त्यो हो "धर्मो धर्म विद्या कसम"। कसैले "विद्या कसम" किरिया खायो नै भने उसको कुरामा पुर्ण बिश्वास हुन्थ्यो र सहजरुपमा पत्याईन्थ्यो। अहिले गम खाएर सोच्दा प्राथमिक कक्षामा पढ्ने त्यो सानो उमेर जुनबेला बेला न धर्म भन्ने थाहा तियो न विद्यानै तर पनि त्यसैलाई नष्ट गर्ने किरिया खाने चलन थियो। पछि बुझ्दै… पुरा पढौ

सर्वोच्च बारमा लोकतान्त्रिक समूहको वर्चश्व

सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औं कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनले २९५ मत पाए भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे । शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए। नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा… पुरा पढौ

सयपत्री सहकारीको अध्यक्षमा रवीन्द्रनाथ

सयपत्री बचत तथा ऋण सहकारी संस्थामा रवीन्द्रनाथ बास्तोला अध्यक्षमा निर्वाचित भएका छन् । सहकारीको ११ औं साधारण सभाले रिक्त अध्यक्ष पदमा निर्वाचन गराएको हो । संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले दिएको राजिनामा स्वीकृत भएपछि पुस ३ गते सम्पन्न साधारण सभाले शितलादेवी पार्टी प्यालेसमा शनिबार निर्वाचनको कार्य तालिका बनाएको संस्थाका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । सहकारीका सेयर सदस्य देवेन्द्रकिश्वर बास्तोला र रवीन्द्रनाथ बास्तोलाबीच भएको निर्वाचनमा रवीन्द्रनाथ बास्तोलाले ३ सय ८९ मत… पुरा पढौ

कविता : छोरी र जून

जसरी उजेलिन्छधरतीजूनको किरणलेत्यसरी नैउजेलिन्छु मतिम्रोसम्झनाको किरणलेटाढाको त्यो जूनजस्तैटाढा छौ तिमीटाढा ..धेरै टाढा...र, पनिमन भरिभरितिमी नै तिमी हुन्छ्यौमस्तिष्क भरिभरि पनितिमी नै तिमी हुन्छ्यौजून उदाउँछघरतीको आकाशमातिमी उदाउँछ्यौमेरो मनको आकाशमाजसरी पोखिन्छजूनको किरणधरतीको आँगनमात्यसरी नै पोखिन्छ्यौ तिमीमेरो मनको आँगनमामेरो रहरको जून तिमीमार, त्यो आकाशको जूनमाकेही फरक देखिन मैलेकेही फरक भेटिन मैलेतिमीजस्तै लाग्यो जूनजूनजस्तै लाग्यो तिमीछोरी !आज तिम्रो जन्मदिनमामैले आकाशकोजूनलाई हेरिरहेको छुर, त्यहीे आकाशकोजूनसँगतिमीलाई नै दाँजिरहेकी छु !र, तिमीलाई नै पाइरहेकी छु !! पुरा पढौ

कविता : भोकको आगो

भोकको भुगोलभरिजहाँ जहाँ पनिचुल्हामा अागो बल्छ निबुझ्नुश्रमको ईश्वरलेकुनै बखतअाधी पेट भएरहातमा कोदालो बोकेरतिम्रै खातिरखेतको छातीभरिपसिनाले जीवनको गीत लेखेको होर त बिस्तारै विस्तारेनिभेको हो तिम्रो कहिले नमेट्नेभोकको अागो ।अाफ्नै माटोको गन्धबाटलखेटिनुअाफ्नै घरको अाँगनबाटफ्याकिनुअाफ्नै खेतको ढिलबाटधकेलिनुन्याय त पक्कै होइन।बईमानहावाहरुको वेगलेश्रमको फसल तहस नहस गर्दै अाएको छकहिले चर्किन्छ घामर पर्छ खडेरीकहिले बर्षिन्छ रिससरी झरीपट पट खडेरीले फुटेको खेतवा बाडीले बगाएको खेतको डील सम्झेरअाफ्नो निधारमा लेखिएको साहुको ऋणसमझिनु कति खतरनाक हुन्छबईमान हावाको गीतलेथप्पड हान्दाघाँटीमा… पुरा पढौ

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्। ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताएका हुन्। उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाख रूपैयाँको ‘पत्रकार सम्मान वृद्धि… पुरा पढौ

अर्बुद रोग निर्वारण संस्था कास्कीमा पदस्थापन

नेपाल अर्वुद रोग निर्वारण संस्था कास्की शाखाको २० औं शाखासभा तथा १४ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ । संस्थाको अधिवेशनले प्रेमबहादुर भुजेलको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान सभापतिमा रामचन्द्र थापा, उपसभापतिमा नारायण पराजुली र विश्वमोहन अधिकारी, सचिवमा डिल्लीप्रसाद शर्मा, कोषाध्यक्षमा रघुनाथ अधिकारी, सह–सचिवमा सरस्वती अधिकारी र सह–कोषाध्यक्षमा कृष्ण मानान्धर छन् । सदस्यमा शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत, सुर्वण कोइराला, मीना बास्तोला, सम्झना आचार्य,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं