अध्यादेश, ठूटे हलो र चुडिएको हल्लुडो

हामी प्राथमिक बिद्यालय पढदा कसैलाई आफ्नो कुरामा विश्वस्त पार्न, कुनै गल्ति कमजोरी गरेको छैन भनि पुष्ट्याई गर्न किरिया/कसम खाईन्थ्यो त्यो हो “धर्मो धर्म विद्या कसम”। कसैले “विद्या कसम” किरिया खायो नै भने उसको कुरामा पुर्ण बिश्वास हुन्थ्यो र सहजरुपमा पत्याईन्थ्यो। अहिले गम खाएर सोच्दा प्राथमिक कक्षामा पढ्ने त्यो सानो उमेर जुनबेला बेला न धर्म भन्ने थाहा तियो न विद्यानै तर पनि त्यसैलाई नष्ट गर्ने किरिया खाने चलन थियो।

पछि बुझ्दै जादा (नेपाली बृहत सब्दकोष अनुसार) शिक्षण सस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाई द्दारा आर्जन गरिने बुद्दि, कुनै विषयबारे बर्णन वा विवेचना गरिएको शास्त्र, विज्ञान, तन्त्रमन्त्र, तन्त्रशास्त्र, ईन्द्रजालसम्बन्धी कर्म, जादु, टुना लाई “विधा” भनीदो रहेछ। आफु संग हुदै नभएको विधा (न कुनै जादु, टुना, तन्त्रमन्त्र, तन्त्रशास्त्र आदि) लाई बन्धकी राखेर विश्वास लिने दिने कुरो सम्झदा आजभोली अनौठो लाग्दछ। त्यो बेला हामीले यस्ता किरियाहरु पत्याईदियौ र एकअर्कामा विश्वास गर्यौ।

जीवन भोगाईमा मानिसलाई कति कुरा थाहा छैन भन्ने थाहा छ तर कति मानिसलाई कति कुरो थाहा छैन भन्ने कुरानै थाहा छैन। नेपाली राजनीतिमा वर्तमान प्रधानमन्त्री एउटा यस्ता पात्र हुनुहुन्छ जसलाई कुनै कुरा थाहा छैन भन्ने नै थाहा छैन जस्तो लाग्दछ। हुन त उहालाई “कलुष” पात्रको रुपमा चित्रण गर्न खोजेको होईन। उहामात्र नेकपा भित्र निर्वाचित अध्यक्ष हुनुहुन्छ र पार्टी सांगठनिक पद्दति, विधी, संरचना केहि नचाहिने, प्रचण्डलाई साक्षि किनारा राखे पुग्ने त्यो पनि नभए ब्रह्मले सोचेको गर्दा हुने अलौकिक क्षमताले भरिपूर्ण हुनुहुन्छ।

उहाको बाट्पटुता, सहकर्मीहरुलाई उचाल्न र पछार्न सक्ने बाहुबली, उडन्ते गफ़नै सहि भविस्य प्रतिको आशाको निर्माण, आफ्नाहरुलाई सरक्षकत्व, बिषयबस्तुको आफ्नो अनुकुलन ब्याख्या जस्ता बिषयमा निकै पारङ्गगत हुनुहुन्छ। राजनीति, साहित्य, दर्शन, विज्ञान, अर्थसास्त्र, धर्मशास्त्र मात्र होईन, औषधि विज्ञान र टिकटक सम्ममा उनको ज्ञान पोखिएका छन। मलाई उहाको विद्द्ता नेपालको मौसम पूर्वानुमान जस्तो लाग्दछ। उदाहरणको लागि प्रदेश न. १ को केहि भूभागमा आंशिक बदली हुने र बाकि भागमा सामान्य बदली हुने छ। केहि भागमा छिटफुट बर्षा हुने र बाकि एक दुई ठाउमा भारि बर्षा हुने छ र अरु स्थानको मौसम सफा हुने छ। यो मौसम पूर्वानुमानले सोलुखुम्बुको नाम्चेको वा चौरीखर्कको मौसम र सुनसरीको सहेबगनी वा कान्ताङ्गगन्जको मौसम कसरी थाहा पाउने?

राजनीति, साहित्य, दर्शन, विज्ञान, अर्थसास्त्र, धर्मशास्त्र मात्र होईन, औषधि विज्ञान र टिकटक सम्ममा उनको ज्ञान पोखिएका छन। मलाई उहाको विद्द्ता नेपालको मौसम पूर्वानुमान जस्तो लाग्दछ।

हिमाली जिल्ला सोलुखुम्बु देखि तराईको जिल्ला सुनसरी सम्म कतै न कतै यो मौसम पूर्वअनुमान मिल्छ होला तर कुनै खास ठाउ बिसेषमा मिल्यो भने कागताली मात्र हुन्हा मी नेपालीहरु अझै पनि किरियामा विश्वास गर्दछौ तर किरियाको स्वरुप फरक छन्। हामीले सानोमा विद्यानष्टको किरिया खाए जस्तो गरि राजनीतिक नेत्रत्वबाट खाने किरियाहरुलाई सहजै पत्याई दिन्छौ। मेट्रो/मोनो रेल, पानी जहाज, घर-घरमा पाईपबाट ग्यास, सुति सुती बैठक कोठामै दाल, भात तरकारी, स्वाथ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी, भष्ट्राचारमा सून्य सहनसिलता, सुशासन जस्ता अनेकौ किरियाहरु सहजरुपमा पत्यायौ र त्यसैमा ल्याप्चे लगायौ। जो संग कुनै विधा छैन उसैले खाएको विद्यानष्टको किरिया र कम्युनिष्टको “क” सम्म चरित्र नभएको “कम्युनिष्ट” लाई विश्वास गर्दाको नियति आज भोग्न बाध्य छौ।

अब अलिकति अध्यादेशको कुरा गरौ। ओली जस्ता चतुर, सर्वज्ञानी र प्रचण्ड जस्तोलाई आफ्नो पिडिमा बास दिई आफ्नै खेत जोताउन सक्ने कुसल खेलाडीले अध्यादेशको पराकम्पको पूर्वअनुमान गर्न चाहिँ सक्नु भएन। राजा महाराजाबाट अध्यादेश र आदेशबाट सासन संचालन गरेको देखेका ओली अन्तत आफै चुक्नु भयो। क्लाउडमा वा कम्प्युटरको हार्ड डिक्समा सेभ गरेको एउटै अध्यादेश मिति परिवर्तन गर्दै जारि गर्दै फिर्ता गर्दा उहाको “नैतिकता” मुसाको दुलो कुल्चेको गोरु खोलाले बगाएर खोला सुक्यो भने जस्तो भएन र ? देशको कार्यकारी प्रमुखले रास्ट्र प्रमुखको “लालमोहर” लाई बारम्वार “लाल-मोहन” बनाउदा पनि हुने कस्तो परम्परा स्थापित गर्दै छौ? निर्णय गरिएको भनिएको मन्त्रिपरिषदको बैठकका सहभागी मंत्रिहरुले नै सार्वजनिक संचार माध्यमबाट मात्र निर्णय थाहा पाउने यो कस्तो समाजवाद उन्मुख ब्यबस्था ल्याएछौ?

अहिलेको ब्यबस्था त त्यसका मुखियाहरुको क्रियाकलाप देख्दा मैले सानोमा सुनेको कथाको सम्झना आउदछ। आमाले एकजना बालक छोरालाई भनिन- पर खेतमा तेरो बाले खेत जोत्दै छन्, जा गएर हेर त अब जोत्न कति बाकि छ ? बा आउने बेलामा मात्र ढिडो पकाउनु पर्दछ हैन भने ढिडो चिसो हुन्छ। छोरा खेतमा गयो र हेर्यो त्यहा त ठूलो बाडि आएको देख्यो । बालकलाई लाग्यो बाडिले बा लाई, गोरु र हलो समेत बगायो । उ दौडेर आयो र आमालाई भन्यो – “बा पनि छैनन् र बा ले समाउने पनि छैन”। यहा बाले समाउने भनेको हलोको अन्यौ हो तर बालक लाई अन्यौ भन्ने नाम जानकारी नहुदा “बाले समाउने” भन्यो।

निर्णय गरिएको भनिएको मन्त्रिपरिषदको बैठकका सहभागी मंत्रिहरुले नै सार्वजनिक संचार माध्यमबाट मात्र निर्णय थाहा पाउने यो कस्तो समाजवाद उन्मुख ब्यबस्था ल्याएछौ?

कथाको “बा” र “बाले समाउने” दुवै खतरामा तिर उन्मुख बनाउदा सम्म पनि मुसुमुशु हास्दै आफ्नो अनुहार देखाउन अलिकति पनि हिनताबोध नहुने के खान्की हुदो रहेछ कुन्नि ! आकास पाताल जोड्ने उडन्ते हावादारी गफ, छलकपट, चालवाजी र कुनै अलौकिक शक्ति प्राप्त गरे जस्तो म नै ब्रह्माण्डको निर्माता, संरक्षक र नियन्त्रक हु जस्तो गरी दम्भ र अहंकार कसरी आउदो होला?
यदी निजी स्वार्थ छैन भने राजनीतिमा कसै प्रति आदर वा सम्मान आफुले विश्वास गरेको राजनीतिक दर्शन र सो राजनैतिक दर्शनलाई नेतृत्व दिने व्यक्ति वा नेताको योग्यता, क्षमता, गुण, उपलब्धि, दुरदर्शिता हो जुन व्यापक जन-समुदाय र बिसेष गरि भुई मानिसहरुको आवस्यकता र अनुभूति महसुस गरी सम्बोधन गर्दछ। आदर वा सम्मान एउटा सकारात्मक अनुभूति, शुभेक्षा र विश्वास हो। आलोचनात्मक चेतको कमीले गर्दा राजनीतिक दर्शन र नेतृत्वलाई एउटै देख्ने, नेतालाई देवत्वकरण गरी आफुलाई हनुमानकरण गरेको पाईन्छ।

यो नेपाली राजनीतिको खटोपन हो। कसै प्रतिको सम्मान र आदर्श उक्त पात्र वा प्रवृतिको कर्म र ब्यबहारले निर्धारण हुनु पर्नेमा नेतालाई मालिक र आफुलाई दासमा रुपान्तरण गर्दाको नियतिको परिणाम यो भन्दा फरक हुने कुरै हुदैन। फाली फ़ुक्लिएको हलोले सतहको माटो त् कोट्ट्याउदछ तर खेत वा बारी जोत्न सक्दैन। फाली फ़ुक्लिएको ठूटे हलो कि मुङ्ग्रो बनाउन सकिन्छ वा चिरेर दाउरा बनाउनुको विकल्प छैन ।

चुडिएको ह्ल्लुडो (हल्लुङ्ग) ले न हरिसलाई अडाउन सक्दछ न त जुवासंगनै झुण्डिन सक्दछ । घाममा राख्यो भने सुकेर बटारिन्छ पानीमा राख्यो भने ढाडिञ्छ । बाहिर फाल्यो भने स्याल वा कुकुरले चपाउन्दछन र भित्र राख्यो भने गनाउदछ । चुडिएको हल्लुडोलाई फाल्नुको विकल्प छैन ।
कार्यकर्ताहरु पनि नेताको हल्लुडो (हल्लुङ्ग) हुदा नया बादशाहहरुको जन्म हुने गर्दछ । राजनैतिक ईमानबाट च्युक्त भएको नेता र तिनको पछि कुदने कार्यकर्ता पनि चुडिएको हल्लुडो जस्तै हुन् । आफुलाई काम नलाग्ने, बेकम्मा, तनाहा, हलम्बू बनाउने कि आफ्नो आलोचनात्मक चेतलाई जागरण गराई विवेकशील, स्वाभिमानी र आदर्श नागरिक बन्ने छनोट तपाईको।