अर्बुद रोग निर्वारण संस्था कास्कीमा पदस्थापन

नेपाल अर्वुद रोग निर्वारण संस्था कास्की शाखाको २० औं शाखासभा तथा १४ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ ।

संस्थाको अधिवेशनले प्रेमबहादुर भुजेलको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान सभापतिमा रामचन्द्र थापा, उपसभापतिमा नारायण पराजुली र विश्वमोहन अधिकारी, सचिवमा डिल्लीप्रसाद शर्मा, कोषाध्यक्षमा रघुनाथ अधिकारी, सह–सचिवमा सरस्वती अधिकारी र सह–कोषाध्यक्षमा कृष्ण मानान्धर छन् ।

सदस्यमा शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत, सुर्वण कोइराला, मीना बास्तोला, सम्झना आचार्य, अर्जुन बन्जरा र ईश्वरकुमार श्रेष्ठ छन् । सल्लाहकार आनन्दराज मुल्मी, शुभाष तज्या, माधवप्रसाद सिग्देल, दिनेशशंकर पालिखे र रामप्रसाद बस्ताकोटी र एसस्कर सदस्यमा लेखतमान लाभाजू छन् ।
नवनिर्वाचित सभापति प्रेमबहादुर भूजेलको अध्यक्षतामा यही मंसिर ३० गते बसेको पूर्ण बैठकले शाखाको विधान अनुसार पदाधिकारीको कार्य विभाजनका साथै नवनिर्वाचित समितिको पदास्थापन गरेको हो ।

बैठकले संस्थागत विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको संस्थाका सचिव डिल्लीप्रसाद शर्माले बताए । पदास्थापन समारोहमा पूर्व सभापतिको तर्फबाट केन्द्रीय सदस्य तथा पूर्व सभापति दिनेशशंकर पालिखे, सुभाष तज्या, माधवप्रसाद सिग्देल र रामप्रसाद बस्तोकाटीले बोलेका थिए ।

निवर्तमान सभापति रामचन्द्र थापाले माइन्युट तथा शाखाका महत्वपूर्ण दस्तावेज नवनिर्वाचित सभापति प्रेमबहादुर भुजेललाई हस्तान्तरण गरे ।