संसद विघटन सिफारिस असंवैधानिक : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सरकारले गरेको संसद विघटन सिफारिस असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति निकालेर सिफारिसको विरोध गरेका हुन् ।

‘प्रधानमन्त्री ओलीको यो कदम २०६२( ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिसँग आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूमा यसको विरोध गर्न महासंघ आग्रह गर्दछ ।’