आइतबार बिहानै दर्ता भएको थियो ओलीविरुद्ध अविश्‍वास प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गर्नु अघि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

नेकपा सांसद भीम रावल, पम्फा भुसाललगायतले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसदको हस्ताक्षर रहेको जनाइएको छ ।