संसद विघटन गलत : गौतम

नेकपा उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले संसद विघटन गर्ने सरकारको कदमको विरोध गरेका छन् ।

संसद विघटन गर्न सरकारले गरेको सिफारिसमा तटस्थ रहेको प्रतिक्रिया दिएका गौतमले संसद विघटन भएपछि भने यसको विरोध गरेक हुन् । उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउने आश्वासन ओलीले दिएको सार्वजनिक भएको थियो ।

विज्ञप्तिमा गौतमले भनेका छन्, ‘संसदको कार्यकाल २ वर्ष बाँकी हुँदा हुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सनायोग्य छ ।’