पोखरामा ओलीको पुत्ला दहन (भिडियोसहित)

- नेकपाकै विद्यार्थीले भने, केपी ओली मुर्दावाद !

संसद विघठन विरुद्ध नेकपा निकट विद्यार्थी नै सडकमा उत्रिएका छन् । प्रचण्ड नेपाल पक्षका अनेरास्ववियु कार्यकर्ताले पोखरा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित नारावाजी गरेका छन् ।

जनमत र संविधान विपरीत संसद विघटन गरेको भन्दै आइतबार विद्यार्थीले पोखराको महेन्द्रपुलमा नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजेको थियो । अनेरास्ववियु नेता क्षितिज शर्माले जनघाती र असंवैधानिक कदम विरुद्ध संघर्ष जारी राख्ने जनाए ।