अख्तियारमा प्रेम राईसहित ४५ को नियुक्ति सिफारिस

प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालय पुगेको छ ।

संसद विघटन भएपछि संसदीय सुनुवाई नहुने अवस्था बनाएर सिफारिस पठाइएको हो । सुनुवाई हुने अवस्थामा ती सिफारिस पारित नहुने अवस्था थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

४५ दिनभित्र संसदीइ सुनुवाई नभए सिफारिस गरिएकारु स्वतः नियुक्त हुने छन् ।