Author Archive

‘मुक्तकलाई पाठ्यक्रममा राख’

मुक्तक मञ्च पोखराले मुक्तकलाई नेपाली भाषाको पाठ्यक्रममा राख्न माग गरेको छ । मञ्चले साहित्यकार र समाजमा लोकप्रिय मुक्तकलाई पृथक विधाको रुपमा मान्यता दिँदै पाठ्यक्रममा समावेश गर्न माग गरेको हो । मञ्चका अध्यक्ष एवं पाठ्यक्रममा मुक्तक समावेश अभियानका संयोजक रामजीप्रसाद आचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसका लागि कार्यक्रमसमेत तयार गरेको जानकारी दिए । मञ्चले मुक्तकवाचनसहित ज्ञापनपत्र बुझाउने, माघ २ गते पोखरा महानगरको शिक्षा महाशाखा, माघ ४ गते शिक्षा विकास तथा समन्वय… पुरा पढौ

लायन्स लेखनाथले दियो बाख्रा पैंचो

लायन्स क्लब अफ लेखनाथले महिलाको आय आर्जनमा सहयोग गर्न बाख्रा पैचो दिएको छ । बुधबार पोखरा २८ माझठानाको ओख्लेका महिला समूहलाई क्लबले बाख्रा वितरण गरेको हो । क्लबले महिला समूहलाई ३० बाख्रा दिएको हो । लायन्स क्लब ३२५ बि १ नेपालका डिस्ट्रिक गर्भनर मोहनबहादुर रोक्काले महिलालाई आर्थिक रुपमा बलियो बनाउन क्लबले अगाडी सारेको योजना प्रभावकारी भएको बताए । उनले आगामी दिनमा अरु महिलालाई पनि यो योजनामा समावेस गर्न सुझाव दिए… पुरा पढौ

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३:०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।… पुरा पढौ

नेकपा आधिकारिकता : निर्वाचन आयोग कानुन महाशाखा प्रमुखको सरुवा

नेकपामा दलको आधिकारिता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कानुन महाशाखा प्रमुखलाई सरकारले सरुवा गरेको छ । नेकपाको विवादमा कार्य गर्ने आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव लक्ष्मी गौतमलाई सरकारले सरुवा गरेको हो । कर्मचारीको सरुवाका विषयलाई लिएर नेकपाका प्रचण्ड माधव नेपाल समूहका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले आयोगका वरिष्ठ कर्मचारीको सरुवा गर्नुले षड्यन्त्रको आभास भएको जनाएका छन् । निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ… पुरा पढौ

एनप्याव्सन कास्कीको स्थापना दिवसमा सम्मान

नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । ‘सहजतामा हैन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव वालवालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयमा कास्की मोडनाइज्ड एकेडेमी, रत्नज्योति मावि, फेवा वोर्डिङ स्कूल, चिल्ड्रेन्स एकेडेमी, राइजिङ स्टार एकेडेमी, साइनिङ स्टार वोर्डिङ स्कूल रहेका… पुरा पढौ

चुनावपछि पनि मै प्रधानमन्त्री बन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफू नेतृत्वको दलले बहुमत ल्याउने दाबी गरेका छन् । कुनै कारणबश नराम्रो अवस्था आए पनि सबैभन्दा ठूलो दल बन्ने र सरकारको नेतृत्व गर्ने उनले उल्लेख गरेका छन् । भारतीय टिभी जि न्युजलाई सोमबार साँझ दिएको अन्तर्वार्तामा ओलीले यस्तो बनाएका हुन् । उनले भने, ‘चुनावपछि मेरो पार्टीले बहुमत ल्याउँछ । शायद सरकारको नेतृत्व मैले नै गर्नुपर्छ ।’ भारत र चीनको बीचमा भएको विवादमा आफूले मध्यस्त… पुरा पढौ

एकता अभियानमार्फत कार्यकारी अध्यक्षको बार्गेनिङ

नेकपा एकता अभियान घोषणा गरेका नेकपा उपाध्यक्ष बामदेव गौतम ढिलोचाँडो ओली पक्षमै जाने स्रोतले जनाएको छ। ‘उहाँकी श्रीमती पनि हाम्रै पक्षको केन्द्रीय सदस्य हुन्छ, उहाँलाई कार्यकारी अध्यक्ष बनाऔं भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसैले धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ, तत्काल एकता हुने कुरा बेकारका हुन् ।’ ओली नेतृत्वको नेकपाले पुष्पकमल दाहाललाई कार्यकारीबाट हटाए पनि अध्यक्षबाट… पुरा पढौ

गायक बद्री केसीद्धारा आत्महत्या

बेलायतमा बस्दै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन् । डेढ दशकदेखि बेलायतमा रहेका पोखरा घर भएका केसी लण्डनको एजवेरमा बस्थे । ३२ वर्षीय केसीको शव रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेको पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । शुक्रबार उनले जीन्दगीदेखि निराशा भएको भवको स्टाटस पोस्ट गरेका थिए । ‘साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ भन्ने फेसबुक स्टाटस लेखेर केसी आफैले काम गर्ने मिल हिल स्कुलको… पुरा पढौ

गजकुमारीले अस्वीकार गरिन् नेकपा केन्द्रीय सदस्य

नेकपा नेतृ गजकुमारी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । शनिबार गुरुङले अपिल जारी गर्दै ओलीले समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गरेकी हुन् । उनले आफू संस्थापन पक्षकै कार्यकर्ता भएकोसमेत बताएकी छन् । उनी संविधानसभा चुनावमा तत्कालिन एमालेबाट समानुपातिक उम्मेद्वार थिइन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको उनको दाबी छ । पुरा पढौ

संसद विघटनको विरोधमा साहित्यकार, कलाकार

पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । संगम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा साहित्यकार तथा कलाकारले आफ्ना कविता र गीतमार्फत् यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिकसंसद् विघटन भएको भन्दै जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उदघोष गरे । माक्र्सवादी चिन्तक रामराज रेग्मीले यसअघिका संविधानको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं