Author Archive

गणतन्त्र आउँदा रुँदै हिँड्नुभयो, अब हँसाउनुहोस् : प्रचण्ड

आफूले जनतालाई हँसाएकोमा कसैलाई पीर परेको भन्ने झटारो हानेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। प्रचण्डले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको टिप्पणी गरे ।उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’ नेकपा दाहाल–नेपालनिकट राष्ट्रिय युवा संघको बैठक उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । संविधानको मूलमर्ममाथि प्रहार भएको बेला… पुरा पढौ

जिल्ला सहकारी संघ कास्कीमा सावित्राको प्यानल विजयी

जिल्ला सहकारी संघ कास्कीको चुनावमा सत्तारुढ नेकपा फुटको असर देखिएको छ । चुनावमा ओली पक्षीय उम्मेदवारहरु हारेका छन् । चुनावमा ओली समूहको प्यानल र नेपाली काँग्रेस र प्रचण्ड माधव पक्षीय नेकपा गरी २ प्यानल थिए । संघको अध्यक्षमा सावित्रा कोइराला विजयी भइन् । संयुक्त प्यानलबाट उम्मेदवार बनेकी उनले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार बलराम गौतमले ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार धर्मराज अर्यालले ३६ मत… पुरा पढौ

ओलीले नयाँ पार्टी खोल्नुपर्छ, नेकपा हाम्रो : करण

नेकपा पोखरा महानगरपालिका वडा नं. १७ मा नेकपाको प्रचण्ड माधव समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शुक्रबार विरोध सभा गरेको छ । पार्टीको नीति बमोजिम महानगरका वडाहरुमा विरोधसभा गरिएको हो । कार्यक्रममा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्नु गणतन्त्र, संघीयताको विरुद्धमा जानु भएको तर्क गरे । उनले जनमतको सबैभन्दा बढी दुरुपयोग ओलीले गरेको आरोप लगाए । अहिलेको परिस्थितिमा माफी माग्दै जनतामा जान उनले नेता, कार्यकर्तालाई आग्रह गरे… पुरा पढौ

ओलीलाई स्पष्टिकरण सोध्दै प्रचण्ड माधव समूह

नेकपाको प्रचण्ड माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय भएको छ । बैठकले आगामी १६ माघमा काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको… पुरा पढौ

सांसद मनाङे वामदेवको अभियानमा

गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) विभाजित दल नेकपाको कुनै पक्षमा नलाग्ने भएका छन् । उनले बामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानलाई उनले समर्थन जनाउने भएका छन् । मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका उनी गतवर्ष नेकपा प्रवेश गरेका थिए । उनी प्रदेश सभामा सत्तारुढ दलकै लहरमा बस्दै आएका थिए । आफू पार्टी विभाजनको पक्षमा नरहेको उनले बताए । ‘यो विभाजनले कसैलाई फाइदा गर्दैन’ उनले भने, ‘त्यसकारण पार्टी… पुरा पढौ

बास्तोला पक्राउको विरोधमा विप्लवको नेपाल बन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लव नेकपाले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो। महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा,… पुरा पढौ

रत्नचोकमा पोखरा ७ को वडा कार्यालय बन्दै

पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गरे । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय… पुरा पढौ

ओलीजीले नेकपाको गाडी ठोक्काउनुभो : वामदेव

नेकपा नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले नेकपा नामको गाडी ठोक्काएर दुर्घटना गएको टिप्पणी गरेका छन् । एक टेलिभिजनमा कुराकानी गर्दै उनले फुटको मुख्य जिम्मेवारी ओली र प्रचण्ड र माधव नेपाला भएको बताए । नेता गौतमले भएका निर्णय नमान्ने, चुनावी घोषणापत्र नमान्ने ओलीको कमजोरी रहेको बताउँदै अविश्वासको प्रस्ताव हठात ल्याउँदा संसद विघटन भएको बताए । उनले आफूले रोक्ने भएकाले अविश्वास प्रस्तावबारे थाहा नदिइएको दाबी ग्रे । यद्यपि चाडै नेताहरुले… पुरा पढौ

कविता : म र धरा !

पिर्य ! हरीता !मलाइ पनि तिमीसंग अथाह शान्ति बसाउन मन लाग्यो !तिम्रा सहज र शान्त स्विकारोक्तिहरु संग यस दुनियाको कोलाहल सुस्ताउन मन लाग्यो !कसरी जिउछौ यसरी अरुका खुशीहरु संगालेर !धरा त धरा हो बन्न यसरीहिमाल जस्तै , झरना जस्तै शौम्य र शालीन !कहिं मानिसभित्रको यो यात्रानदी तिमी भएर हिड्न छुटेका पाइलाहरु हिड्न मन लाग्यो ! मलाइ पनि सोध्यो भने बिहानीले - हे ! मानवी !अमुर्त मृर्त्यको अनुभुति कस्तो हुन्छ ??शित… पुरा पढौ

पोखरा १७ मा ओली पक्षको वडा भेला

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको विघटन प्रधानमन्त्रीको रहर नभई वाध्यता भएको दाबी गरेका छन् । नेकपा पोखरा महानगरपालिका वडा नं. १७ द्धारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उनले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहदा पार्टी भित्रबाटै विभिन्न नाममा घेराबन्दि गरिएको बताए । स्वाधिनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवम् विदेश परस्त प्रवृतिसंग बेलैमा जोगिनु पर्नेमा जोड दिए । पार्टी एकिकरणका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं