ओलीलाई स्पष्टिकरण सोध्दै प्रचण्ड माधव समूह

नेकपाको प्रचण्ड माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय भएको छ ।

बैठकले आगामी १६ माघमा काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदमा नियुक्ति गर्ने र एकताका बाँकी कामलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।