कविता : म र धरा !

पिर्य ! हरीता !
मलाइ पनि तिमीसंग अथाह शान्ति बसाउन मन लाग्यो !
तिम्रा सहज र शान्त स्विकारोक्तिहरु संग यस दुनियाको कोलाहल सुस्ताउन मन लाग्यो !
कसरी जिउछौ यसरी अरुका खुशीहरु संगालेर !
धरा त धरा हो बन्न यसरी
हिमाल जस्तै , झरना जस्तै शौम्य र शालीन !
कहिं मानिसभित्रको यो यात्रा
नदी तिमी भएर हिड्न छुटेका पाइलाहरु हिड्न मन लाग्यो !

मलाइ पनि सोध्यो भने बिहानीले – हे ! मानवी !
अमुर्त मृर्त्यको अनुभुति कस्तो हुन्छ ??
शित बनेर लता तिम्रो अदामा फुल्न मन लाग्यो !

आकाश जस्तै अथाह र अनन्य व्यापकताभित्र !
पराजिताको संसार पनि कस्तो देखीन्थ्यो ??
कास: पल क्षितिजलाइ यस धर्तिमा सत्य मनाउन मन लाग्यो !

हे परी ! यि रुबीहरु नभए त यि संसार कति बेरुपा हुनेछन् !
सुन्यता भित्र हराएको सुन्यता जस्तै !
हे सागर ! गहिराइमा महाशुन्यताहरु अटाएर त्यस संसारको विषा तर्न मन लाग्यो ?

मैले त यहाॅ आफुलाइ एक्लै कहिल्यै देखीन !
न त एक्लै छहुनेछु !
यि सारा एकान्त र एक्लोपनहरुसंग !
कत्ति रोएकी होइन भन्न !
यि भारी संसारसंग क्षुधामुक्त भएर
हे शुसुप्तता ! मलाइ पनि तिम्रा अवशेषहरुमा पोतिन मन लाग्यो !

यस धर्तिमा यस अघि कति सृस्टिहरु थिए,
यस पछि कति सृस्टिहरु हुनेछन् !
हे सकुन ! मलाइ पनि सृस्टिहिन् कस्तो हुनेछ लेख्न मन लाग्यो !
र जीवनको अथाह सुख र समाप्तिहरु कहिले पुरा हुन्छन् –
हे त्याग !
हजारौं पल खण्डहरहरु भित्र जिएर सत्य हेर्न मन लाग्यो !

मानिसहरु तिमीहरु पनि आउ र यि पर्कृतिका अथाह र सत्यहरुलाइ अंकमाल गर !
र एकपटक धरा बनेर धराको भव्य शान्तित्वलाइ अंगिकार गर !